सीप मेलाका प्रशिक्षार्थीलाई सीजी मोटर्सले ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने

काठमाडौँ - सीप मेलाबाट अटोमोबाइल्स विधामा सीप सिकेका आठ जना प्रशिक्षार्थीहरुलाई सीजी मोटर्सले ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने भएको छ ।

गएको वर्ष सीप मेलाबाट सीप सिकेका प्रशिक्षार्थीहरुमध्ये ८ जनालाई सीजी मोटर्सले अन द जब ट्रेनिङ प्रदान गर्ने भएको हो । ट्रेनिङमा जानेले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन् । यसका लागि काठमाडौँ महानगरपालिका, चाँगु नारायण फाउन्डेसन र सीजी मोटर्सका बिच सम्झौता भएको छ ।

सम्झौतामा महानगरपालिकाको सामाजिक विकास विकासका प्रमुख समीक्षा निरौला, फाउन्डेसनका अध्यक्ष मनिराज खत्री र मोटर्सका कार्यकारी निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् । यो सम्झौता आगामी ६ महिनाका लागि हो ।

महानगरपालिकाले अन द जब ट्रेनिङ साझेदारका रुपमा फाउन्डेसनसँग यस अघि नै सम्झौता गरिसकेको छ । महानगरपालिका र फाउन्डेसनले प्रशिक्षार्थी छनोट गर्ने र आधारभूत तालिम प्रदान गर्नेछन् । यसरी छानेर पठाइएका प्रशिक्षार्थीहरुलाई सीजी मोटर्सले सुपरभाइजर वा प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । महानगरपालिकाले तालिमको प्रभावकारिताका लागि निरीक्षण गर्ने, आपसी संवाद र मूल्याङ्कन गर्नेछ ।

फाउन्डेसनले महानगरपालिकासँगको सहकार्यमा प्रशिक्षार्थी छनोट गर्ने, छानिएका प्रशिक्षार्थीहरुलाई मासिक ९ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ । बाँकी पारिश्रमिक मोटर्सले उपलब्ध गराउनेछ । फाउन्डेसनले तालिमको प्रतिवेदन तयार पारेर महानगरपालिकालाई उपलब्ध गराउनेछ ।

ट्रेनिङमा पठाउने प्रक्रियाका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘ट्रेनिङमा जान इच्छा देखाउनेमध्ये ३० जनालाई सिभी राइटिङ्को कार्यशाला गरेर व्यक्तिगत विवरण बनाउन सिकाएका थियौँ । उहाँहरुले बनाएको सिभी सीजी मोटर्समा पठाइएको थियो । तीमध्ये २० जनालाई अन्तर्वार्तामा बोलाइएको थियो । अन्तर्वार्ता दिएकामध्ये १० जनालाई ट्रेनिङका लागि बोलाइएको थियो । उहाँहरुमध्ये ८ जनाले ट्रेनिङ स्वीकार्नु भएको हो ।’

सीप मेलाबाट अटोमोबाइल क्षेत्रमा स्नातक भएका एकसय जना प्रशिक्षार्थीहरूमध्ये २० जना प्रशिक्षार्थीहरूले आफ्नै प्रयासबाट रोजगार पाएका छन् । तीन जना स्वरोजगार भएका छन् । ५१ जना प्रशिक्षार्थीहरू अन–दि–जब तालिममा रुचि राखेकाले उनीहरुलाई सिभी लेखन कार्यशालामार्फत व्यक्तिगत विवरण तयार गर्न लगाइयो ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार कार्यशालामा सहभागी भएका ३० जना प्रशिक्षार्थीहरूका व्यक्तिगत विवरण बीवाईडी, सीजी मोटर्स, हुन्डाई (लक्ष्मी ग्रुप),भीजी माेटर्स, सिप्रदी (टाटा मोटर्स), दीपल अटोमोबाइल्स, स्याकार ट्रेडिङ् इन्टरप्राइजेज र दीगोलाई पठाइएको थियो । यसरी पठाइएका सिभी मध्येबाट सीजी मोटर्सले २० जना प्रशिक्षार्थीलाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो ।

महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सीप मेला २०८१’ आयोजना गरेको थियो ।

सम्बन्धित समाचारहरू

चितवन महोत्सबमा स्काइवेलको स्टल बन्यो बेस्ट स्टल, ५ प्रिमियम ईभी बिक्री

चितवन महोत्सबमा स्काइवेलको स्टल बन्यो बेस्ट स्टल, ५ प्रिमियम ईभी बिक्री

चितवन । स्काइवेल विद्युतीय सवारीको आधिकारिक वितरक जी मोटर्सले ’चितवन...

चांगानको नयाँ एसयुभी हुनेछ दिपल एस०५, यसै वर्ष आउँदै

चांगानको नयाँ एसयुभी हुनेछ दिपल एस०५, यसै वर्ष आउँदै

चांगानले आफ्नो प्रिमियम ईभी ब्रान्ड दिपल अन्तर्गत नयाँ इलेक्ट्रिक एसयुभी...

भीजी इम्पेक्सद्वारा जीडब्ल्युएम ओरा ०३ इलेक्ट्रिक क्रसओभरको डेलिभरी प्रारम्भ

भीजी इम्पेक्सद्वारा जीडब्ल्युएम ओरा ०३ इलेक्ट्रिक क्रसओभरको डेलिभरी प्रारम्भ

काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...