पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट
सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...
काठमाडौं– सीजी मोटर्सले नेपालमै पहिलोपटक ७ अन्तर्राष्ट्रिय विद्युतीय सवारी (ईभी) ब्रान्डलाई एकै स्थानमा समेटेर आयोजना गरेको ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ औपचारिक रुपमा प्रारम्भ भएको छ । आजदेखी सुरु भएको उक्त कार्निभल माघ १८ गतेसम्म काठमाडौंको गैरीधारस्थित एलिस रिसेप्सनमा सञ्चालन हुनेछ ।
ग्राहकलाई वर्षकै सबैभन्दा ठूलो विद्युतीय सवारी खरिद अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्निभलमा १० लाख रुपैयाँसम्म नगद छुट, आकर्षक एक्सचेन्ज अफर तथा परिवारमैत्री अनुभवहरू समावेश गरिएका छन् ।
कार्निभलमा सिजी मोटर्समार्फत कारोबार हुने विश्व प्रसिद्ध ब्रान्डहरु स्मार्ट, एक्सपेङ, ओवन, रिडारा, किङलङ, दायुन र नेटा ब्रान्डका ईभीलाई अवलोकन, एक्सचेन्ज तथा टेस्ट ड्राइभ गर्न सकिने व्यवस्था गरिएको छ ।
सीजी मोटर्सले आफ्नो प्रिमियम ब्रान्ड स्मार्टलाई विशेष प्राथमिकता सहित प्रदर्शनीमा राखेको छ, जसलाई ग्राहकले एक्सक्लुसिभ टेस्ट ड्राइभ गर्न सक्नेछन् । स्मार्ट ब्रान्ड जिली र मर्सिडिज बेन्ज बीचको रणनीतिक सहकार्यबाट विकास गरिएको विश्व प्रसिद्ध इलेक्ट्रिक मोबिलिटी ब्रान्ड हो ।

ग्राहकलाई ईभी स्वामित्व अझ सहज र किफायती बनाउन नगद छुटसहित विभिन्न लाभहरु प्रदान गरिने कम्पनीको भनाई छ । जसअन्तर्गत, आधिकारिक एक्सचेन्ज हाउसबाट पुराना सवारीमा उत्कृष्ट मूल्याङ्कन, आकर्षक एक्सचेन्ज बोनस, विभिन्न बैंकमार्फत स्थलमै फाइनान्स तथा ऋण स्वीकृति सुविधा पाइनेछ । त्यसैगरी, एक वर्षको अटोप्लस बीमा सुविधा, चालु आर्थिक वर्षको वार्षिक सडक कर निःशुल्क, निःशुल्क ईभी चार्जर समेत पाइनेछ ।
कम्पनीका अनुसार, सवारी बिक्रीसँगै कार्निभललाई मनोरञ्जनात्मक र परिवारमैत्री बनाउन विभिन्न कार्यक्रमहरू पनि समावेश गरिएका छन् । सहभागीहरूले लक्की ड्र, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार, बालबालिकाका लागि गेम जोन तथा स्वादिष्ट फुड अनुभवहरूको मजा लिन सक्नेछन् ।
सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...
ग्रेटवाल मोटर (जीडब्लुएम) ले जुन २०२४ को सेल्स डाटा सार्वजनिक गरेको छ । यस...
हाल सवारी साधन चलाउनेहरु पेट्रोल पम्पमा लाइन लागेको देखिन्छ । त्यसैगरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...