सीजी मोटर्सले नेपाली बजारमा नयाँ ब्रान्डको ईभी ल्याउने, निर्वाण चौधरीले गरे पुष्टि

काठमाडौं – नेपालको प्रमुख व्यावसायिक घराना मानिने चौधरी ग्रुप इलेक्ट्रिक भेइकल बजारमा प्रवेश गर्ने भएको छ । पहिले देखि नै यसको वारेमा चर्चा चलेको भए पनि हालै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने एक ट्विटमार्फत यसको पुष्टि गरेका छन् ।

निर्वाण चौधरीले हालै आफ्नो ट्वीटमार्फत विश्वको उत्कृष्ट ब्राण्डको ईभी ल्याउने जानकारी दिएका छन् । तर उनले सार्वजनिक गरेको टिजरमा कुन ब्राण्ड आउन लागेको हो भन्ने खुलाएका छैनन्।

‘ज्वाइन द सीजी रिभोलुसन’ भन्ने थिममा सीजी मोटर्सले सो ईभी ल्याउन लागेको उनले जानकारी दिएका छन् ।

यद्यपि चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटो (होजोन अटो न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड) का क्रसओभर कार नेपाली बजारमा ल्याउने चर्चा पहिले देखि चलिरहेको छ । हाल उक्त कम्पनी निटा अटोका रुपमा समेत परिचित रहेको छ। कम्पनीले उत्पादन गरेका विभिन्न मोडलका विद्युतीय कार नेपालमा उपलब्ध गराउने तयारी सीजी मोटर्सको छ।

सीजी मोटर्सले प्यासेन्जर कारसँगै साइनरेका भ्यान र पिकअप समेत ल्याउने छ।

चौधरी ग्रुप अन्तर्गत पहिले देखि नै नेपाली बजारमा सीजी मोटोकर्पले मारुती सुजुकीका गाडीहरु आयात गरेर बिक्री–वितरण गरिरहेको छ । सो कम्पनीलाई अर्बपति विनोद चौधरीका भतिजा करण चौधरीले नेतृत्व गरिरहेका छन् ।

अब भने चौधरी ग्रुपले सीजी मोटर्स अन्तर्गत छुट्टै नयाँ कम्पनीमार्फत ईभी ल्याउन लागेको हो ।

सम्बन्धित समाचारहरू

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

काठमाडौं – नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

विद्युतीय सवारी (ईभी) अहिले नेपाली अटो बजारमा मेनस्ट्रिम वनिसकेकोे छ । विगत...

सुनराका इलेक्ट्रिक स्कुटरको मूल्य सूची सार्वजनिक, दुई मोडल आउँदै

सुनराका इलेक्ट्रिक स्कुटरको मूल्य सूची सार्वजनिक, दुई मोडल आउँदै

काठमाडौं – नेपाली बजारमा भित्रिने तयारीमा रहेको नयाँ इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...