जीएसी एवोन वाईको मूल्य बढाउँदै सीजी मोटर्स

काठमाडौं – नेपाली बजारमा केही समय पहिले भित्रिएको जीएसी ब्रान्डको एसयूभी एवोन वाईको मूल्य बढ्ने भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले सो मूल्य अब एक साताका लागि मात्र भएको र त्यसपछि मूल्य बढाउने तयारी भएको बताएको छ ।

सीजी मोटर्सले पहिलो पटक सो ब्रान्ड भित्र्याएर गत फागुनको पहिलो सातामा एवोन वाई एसयूभी सार्वजनिक गरेको थियो ।

यो नयाँ कारमा ६१.५४ किलोवाट आवरको ब्याट्री प्याक तथा १०० किलोवाट पिक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने एनइडीसीले दावी गरेको छ । साथै कारको टर्क २२५ एनएम छ । कारको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।

एवोन वाईमा लिथियम आइरन फस्फेट म्यागाजिन ब्याट्री रहेको छ । यो जीएसीको आफ्नै ब्याट्री प्रविधि हो । यसलाई बुलेट पेनेट्रेसन टेस्ट गरिएको थियो । यसलाई १५ मिटर टाढाबाट पेनेट्रेट गर्दा सो ब्याट्रीमा कुनै समस्या आएको पाइएन । जीएसीले एवोन वाईमा भएको ब्याट्रीमा उपलब्ध सो उपलब्धिलाई महत्वपूर्ण भएको बताएको छ ।

चीनमा सन् २०२३ मा सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा नम्बर ३ रहेको र गुणस्तरको सवालमा पहिलो नम्बरमा रहेको कम्पनीको दावी छ ।

बाहिरी लुक्स निकै नै आकर्षक र आधुनिक देखिने एवोन वाईको इन्टेरियरमा १०.२५ इन्चको एलसीडी इस्ट्रयुमेन्ट क्लस्टर, १४.६ इन्चको ठूलो टचस्क्रिन, अटोमेटिक एयर कन्डिसनिङ, ६ स्पिकर, पीएम २.५ एयर फिल्टर, सेकेन्ड रोमा वस्ने यात्रुका लागि समेत एयर कन्डिसनिङ भेन्ट, माइक्रोफाइबरयुक्त मल्टिफंक्सन स्टेयरिङ ह्विल र ६वे पावर एड्जस्टेवल ड्राइभर सिट लगायत फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एडास फिचर सहित एबीएस, ईएसपी, ईबीडी, टायर प्रेसर मोनिरिङ, ब्रेकिङ इनर्जी रिकभरी, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट साइट एयरब्याग, साइड कर्टेन एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडेप्टिभ क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री एचडी भ्यु क्यामेरा लगायत उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

सातदोबाटोमा एमजीकाे नयाँ सुविधा सम्पन्न शोरुम

सातदोबाटोमा एमजीकाे नयाँ सुविधा सम्पन्न शोरुम

काठमाडौं – एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो,...

ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै हुन्डाई नेपाल

ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै हुन्डाई नेपाल

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

ओरेन्ज कलरमा आकर्षक एमजी ४ इलेक्ट्रिक ह्याचब्याक, परीक्षणमै चर्चा (फोटोफिचर)

ओरेन्ज कलरमा आकर्षक एमजी ४ इलेक्ट्रिक ह्याचब्याक, परीक्षणमै चर्चा (फोटोफिचर)

नेपालमा केही समय पछि एमजीको नयाँ इलेक्ट्रिक ह्याचब्याक एमजी ४ उपलब्ध हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...