सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु, टेष्ट ड्राइभ गर्दा आईफोन १६ जित्न सकिने

काठमाडौं– सीजी मोटर्सले एक हप्तासम्म चल्ने ईभी एक्सचेन्ज मेला सुरु गरेको छ । मगलबारदेखी सुरु भएको उक्त मेला फागुन २७ सम्म संचालन हुने बताइएको छ ।

ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकले आँफूसंग भएको पुराना गाडी दिएर सिजी मोटर्स मार्फत बिक्री हुने एवोन, एक्सपेङ, डायुन र नेटा ब्रान्डका ईभी साट्न सक्नेछन् । मेला थापाथलीस्थित शोरूममा चलिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, एक्सचेन्ज मेलामा ग्राहकहरूले एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरीज र सजिलो फाइनान्सिङका विकल्पहरू पाउनेछन् । साथै, निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमा समेत उपलब्ध गराइनेछ ।

पुराना गाडीहरूको उत्कृष्ट मूल्यांकन गरिने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो उत्कृष्ट अवसर हुने कम्पनी दाबी छ ।

सहभागीहरूको अनुभवलाई थप आकर्षक बनाउन कम्पनीले टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकहरुलाई विशेष उपहारको साथै लक्की ड्र मार्फत एकजना भाग्यशाली बिजेतालाई आईफोन १६ समेत प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा अब इकुटर ई३ इलेक्ट्रिक स्कुटर, गरियो अनावरण

नेपाली बजारमा अब इकुटर ई३ इलेक्ट्रिक स्कुटर, गरियो अनावरण

काठमाडौं — जिरो इमिसन राइड एनले नेपालमा इकुटर ई३ विद्युतीय स्कुटरको भव्य...

साउनमा ११० विद्यु्तीय कार भित्रिदा कति भित्रिए अन्य कार ?

साउनमा ११० विद्यु्तीय कार भित्रिदा कति भित्रिए अन्य कार ?

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा ११० वटा विद्यु्तीय...

हरेक वर्ष विद्युतीय गाडीको कर हेरफेर, यो आर्थिक वर्षको बजेटले स्थिर नीति देला ?

हरेक वर्ष विद्युतीय गाडीको कर हेरफेर, यो आर्थिक वर्षको बजेटले स्थिर नीति देला ?

सरकारले हरेक पटक विद्युतीय सवारीको कर हेरफेर गरिरहेको छ। प्रत्येक वर्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...