सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु, टेष्ट ड्राइभ गर्दा आईफोन १६ जित्न सकिने

काठमाडौं– सीजी मोटर्सले एक हप्तासम्म चल्ने ईभी एक्सचेन्ज मेला सुरु गरेको छ । मगलबारदेखी सुरु भएको उक्त मेला फागुन २७ सम्म संचालन हुने बताइएको छ ।

ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकले आँफूसंग भएको पुराना गाडी दिएर सिजी मोटर्स मार्फत बिक्री हुने एवोन, एक्सपेङ, डायुन र नेटा ब्रान्डका ईभी साट्न सक्नेछन् । मेला थापाथलीस्थित शोरूममा चलिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, एक्सचेन्ज मेलामा ग्राहकहरूले एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरीज र सजिलो फाइनान्सिङका विकल्पहरू पाउनेछन् । साथै, निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमा समेत उपलब्ध गराइनेछ ।

पुराना गाडीहरूको उत्कृष्ट मूल्यांकन गरिने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो उत्कृष्ट अवसर हुने कम्पनी दाबी छ ।

सहभागीहरूको अनुभवलाई थप आकर्षक बनाउन कम्पनीले टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकहरुलाई विशेष उपहारको साथै लक्की ड्र मार्फत एकजना भाग्यशाली बिजेतालाई आईफोन १६ समेत प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार नेपाल प्रस्थान, जनवरीमै नेपाल भित्रिने

६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार नेपाल प्रस्थान, जनवरीमै नेपाल भित्रिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार...

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने

काठमाडौं – प्रभु बैंक र टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

नक्सालमा नामीको शोरुम शुभारम्भ, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नक्सालमा नामीको शोरुम शुभारम्भ, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं – नेपालका लागि डोङफेङ मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...