नेपालमै सवारी साधन एसेम्वल गर्ने भन्दै सिजी होल्डिङले दर्ता ग-यो नयाँ उद्योग, के होला सम्भावना ?

सुजुकी गाडीको नेपालस्थित आधिकारिक बितरक सीजी होल्डिङले स्वदेशमै सवारी साधन एसेम्बलिङ गर्ने भएको छ । कम्पनीले टु ह्विलर, थ्री ह्विलर र फोर ह्विलर एसेम्वल गर्ने भन्दै नयाँ उद्योग दर्ता समेत गरिसकेको छ ।

बारा जिल्लाको परवनीपुरमा उद्योग खोल्ने भन्दै उसले सीजी अटोमोटिभ्स इन्डस्ट्रिज दर्ता गरेको हो । उद्योगमा १ अर्ब ३१ करोड ६९ लाख लगानी गरी वार्षिक १० हजार युनिट टु ह्विलर, ३ हजार युनिट थ्री ह्विलर र १० हजार युनिट फोर ह्विलर एसेम्बल गर्ने लक्ष्य लिइएको छ ।

स्वदेशमै सवारी साधन उत्पादन गर्ने कम्पनीलाई सहुलियत उपलब्ध गराउने सरकारको घोषणा पछि एसेम्बल प्लान्ट स्थापना गर्न व्यवसायीहरु इच्छुक देखिन थालेका छन् । यसअघि बजाज र टीभीएसले प्लान्ट स्थापना गरि उत्पादन समेत थालिसकेका छन् ।

अन्य टु ह्विलर कम्पनीहरुले समेत उद्योग दर्ता गरिरहेका छन् । फोर ह्विलरको हकमा लक्ष्मी ग्रुपले यसअघि नै उद्योग दर्ता गरिसेकेको छ भने अन्य केही कम्पनीहरुले बैदेशिक लगानी भित्र्याएर उद्योग चलाउने भन्दै उद्योगहरु दर्ता गरेका छन् । यद्यपि सरकारले घोषणा गरेको सहुलियतका बारेमा प्रष्ट ब्याख्या नभएका कारण दर्ता भएर बसेका अधिकांश उद्योगहरु सञ्चालनमा आउन भने सकिरहेका छैनन् ।

कत्तिको सम्भव छ नेपालमै सवारी साधन एसेम्बल
सवारीसाधनको माग दिनप्रतिदिन बढ्दै गएका कारण नेपालमा यस्ता प्लान्ट स्थापना गर्न विभिन्न कम्पनीहरुले इच्छा देखाउँदै आइरहेका छन् । यसअघि टाटा मोटर्सले उद्योग स्थापना गर्ने भनेर तयारी समेत थालिसकेको थियो । तर सरकारको नीतिगत अस्पस्टतालाई दोषी ठहराउँदै तत्कालका लागि एसेम्बल गर्न सम्भव नरहेको भन्दै टाटा पछि हट्यो ।

त्यसोत टाटाले तयारी थालिरहेकै समयमा हुलास मोटर्सले नेपालमा सवारीसाधन उत्पादन गरिरहेको थियो । हुलासले उत्पादन गरेको केही गाडी नेपालमा लोकप्रिय समेत बनेका थिए । तर पछि प्रदूषण मापदण्डका कारण हुलास मोटर्स समेत बन्द भयो र यहाँपनि सरकारी नीति र सहयोग नै बाधक बनेको प्रष्ट देखिन्छ ।

सवारी साधन उत्पादनका लागि हजारौ प्रकारका स्पेयर पार्ट्स जरुरत हुन्छ । तर नेपालमा त्यस्ता पार्ट्सको उत्पादन शून्य अवस्थामा छ । यस्तो अबस्थामा बाहिरबाट सबैप्रकारका स्पेयर पार्ट्स आयात गरी यहाँ एसेम्वल मात्रै भने गर्न सकिने अबस्था छ । त्यसका लागि सरकारी तवरबाट सहयोग र सहुलियत उपलब्ध गराउनुपर्ने व्यवसायीहरुले बताउँदै आइरहेका छन् ।

सम्बन्धित समाचारहरू

नेपालका डिलरहरुमा पुग्यो सुजुकीको नयाँ सेलेरियो, यस्तो छ तीन भेरिएन्टको मूल्य

नेपालका डिलरहरुमा पुग्यो सुजुकीको नयाँ सेलेरियो, यस्तो छ तीन भेरिएन्टको मूल्य

काठमाडौं – सुजुकी कारको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...

सुजुकी कार हात पार्न भारतमा ४ लाख ग्राहक प्रतिक्षारत्

सुजुकी कार हात पार्न भारतमा ४ लाख ग्राहक प्रतिक्षारत्

भारतमा मारुती सुजुकी कार हात पार्न ४ लाख हाराहारी ग्राहक पतिक्षारत रहेको...

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी ल्याउने तयारी थालेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...