नुवाकोटमा सीएफमोटो र जिहोको शोरुम विस्तार, काठमाडौंबाट राइडर पुगे साततले दरवार

काठमाडौं – सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रडिङ कम्पनीले नुवाकोटमा डिलर विस्तार गरेको छ । नुवाकोटको लागि आधिकारिक डिलरको रुपमा भैरवी इन्भेस्टमेन्ट कम्पनीले शोरुम स्थापना गरेको हो ।

एक समारोहका बिच उक्त शोरुम विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा नुवाकोटका राइडरलाई समेत विभिन्न नयाँ अनुभव प्रदान गर्नका लागि यी दुई ब्रान्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा नगर प्रमुख श्रेष्ठले गरे ।

यो भन्दा पहिले सीएफमोटो तथा जिहोको नक्सालस्थित शोरुमबाट १५ राइडरले आफ्नो राइड प्रारम्भ गरेर नुवकोटको बट्टार पुगेका थिए । उनीहरु नक्साल शोरुमबाट नुवाकोट र काठमाडौंको सिमाना शिवपुरी डाँडा हुँदै बट्टार पुगेका हुन् ।

साे अवसरमा जिहो एई६ प्लस र एई८ गरि ५ थान स्कुटर ग्राहकलाई हस्तान्तरण समेत गरिएको छ ।

नेपाली बजारमा सिएफमोटो एनके २५० तथा हालै भित्रिएको एमटी ४५० मुख्य आकर्षणको रुपमा रहेका छन् । त्यसैगरी जिहो एई६ प्लस र एई८ मोडल उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

टेस्लामा रोबोटको आक्रमण, इन्जिनियरको ढाड र हातमा गम्भीर चोट

टेस्लामा रोबोटको आक्रमण, इन्जिनियरको ढाड र हातमा गम्भीर चोट

टेस्लाको गिगा टेक्सास कम्पनीमा सवारीसाधनका पार्टपुर्जाहरू उठाउने जिम्मा...

जुम्लामा पहिलोपटक पुग्याे विद्युतीय भ्यान, दुर्गम यात्रामा ‘डाँफे’को प्रवेश

जुम्लामा पहिलोपटक पुग्याे विद्युतीय भ्यान, दुर्गम यात्रामा ‘डाँफे’को प्रवेश

काठमाडौँ – नेपालमा विद्युतीय सवारीसाधनको विस्तारको क्रममा एक नयाँ...

सिप्रदी ट्रेडिङले जित्यो ७ उत्कृष्ट अवार्ड, पायो ईभी विस्तारमा विशेष मान्यता

सिप्रदी ट्रेडिङले जित्यो ७ उत्कृष्ट अवार्ड, पायो ईभी विस्तारमा विशेष मान्यता

काठमाडौं – नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...