सीएफमोटो २५० एनके लिमिटेड एडिसनमा आयो सान्ता अफर : २० हजार छुट

काठमाडौं – हालै नेपाली बजारमा उपलब्ध सीएफमोटो बाइकको लिमिटेड एडिसनमा २० हजार रुपैयाँ छुट हुने भएको छ । सीएफमोटो बाइकको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले सो अफर ल्याएको हो ।

क्रिसमस पर्व आइरहेको सन्दर्भमा सो अफर उपलब्ध गराएको कम्पनीको भनाइ छ । सीएफमोटोले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा विश्वभर उपलब्ध गराउने गरी सो बाइक २ सय युनिट मात्र उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ५ लाख ५५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसलाई नयाँ ग्राफिक्समा डिजाइन गरिएको छ भने इन्धन ट्यांकीमा सीएफमोटो प्रिन्ट गरिएको छ ।

यसको ह्यान्डलबारमा लिमिटेड एडिसनको १ देखि २०० सम्म नम्बर नै लेखिएको हुन्छ । यसमा गोल्डेन कलरको चेन, कार्वन विन्डसिल्ड, एलईडी डीआरएल हेडलाइट र एल्लो कलरको ह्विल प्रयोग गरिएको छ । बाइकमा कलर टीएफटी डिस्प्ले, इन–बिल्ट लाइट सेन्सर, स्टाइलिस एलईडी लाइट, ड्युअल च्यानल एबीएस र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छन् ।

सीएफ मोटो २५० एनके जस्तै अन्य सबै फिचर यसमा उपलब्ध छन् । मेकानिकल परिवर्तन केही गरिएको छैन ।

सीएफ मोटो २५० एनकेमा २५० सीसी सिंगल सिलिन्डर, ४ भल्व लिक्विडकुल्ड इन्जिन जडान गरिएको छ । जसले ९००० आरपीएममा २६.५ बीएचपी र ७५०० आरपीएममा २२ एनएमको पिक टर्क जेनेरेट गर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...