फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो, उपत्यका वाहिर मनसुन सर्भिस क्याम्प

सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो फ्रि हेल्थ चेकअप क्याम्पको शुभारम्भ गरेको छ । हरेक शुक्रबार र शनिबार गरिने सो क्याम्पका वारेमा काठमाडौं उपत्यकाका भाटभटेनी सुपर मार्केटमा राखिने स्टलमार्फत जानकारी प्रदान गरिने छ ।

सो अवसरमा कम्पनीबाट खटाइएका कर्मचारीहरुले आवश्यक जानकारी प्रदान गर्नेछन् भने थप जानकारी लिन चाहने ग्राहकलाई नजिकैको सर्भिस सेन्टरको विस्तृत जानकारी दिदै सहज वातावरणमा सेवा प्रदान गर्नेछन् ।

सो क्याम्पमा सीएफमोटो चढ्ने ग्राहकले आफ्नो बाइकको फ्रि चेकअप गराई फ्रि वासिङ समेत गराउन सक्छन् ।

साउन ११ र १२ गते राधेराधे र चुच्चेपाटी, साउन १८ र १९ गते कोटेश्वर र महाराजगञ्ज तथा साउन २५ र २६ गते सातदोबाटो र गोंगबुुस्थित बीजी मलको भाटभटेनी सुपर मार्केटमा स्टल सञ्चालन हुनेछ । यद्यपि फ्रि हेल्थ चेकअप क्याम्प भने महिना भर नै सबै सर्भिस सेन्टरमा सञ्चालन हुनेछ ।

काठमाडौं उपत्यका वाहिर समेत सीएफमोटो मनसुन सर्भिस क्याम्प हुुँदैछ । यस अनुसार साउन १३ देखि १५ सम्म बुटवलको बागमती मोटरसाइकल सेन्टर, साउन २० देखि २२ सम्म विर्तामोडको चारपानेस्थित महालक्ष्मी इन्टरनेसनल र साउन २७ देखि २९ सम्म पोखराको नोरिन मोटरसाइकलमा सो क्याम्प हुनेछ ।

सर्भिस क्याम्पमा फ्रि वासका साथै स्पेयर पार्ट्समा १० प्रतिशत, इन्जिन आयलमा ५ प्रतिशत र लेबल चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।

रिलायन्स ग्रुपले सीएफमोटो बाइकको आधिकारिक वितरक लिएसँगै बिक्री पछिको सेवा र स्पेयर पार्ट्स उपलब्धतामा आक्रामक रणनीति लिएको देखिन्छ । असार महिनाको सुरुवातमै आफ्नो कालोपुलस्थित सर्भिस सेन्टरमा ७ दिने क्याम्प सञ्चालनसँगै शुुरु भएको सो अभियानलाई हाल निरन्तरता दिएको देखिन्छ ।

सम्बन्धित समाचारहरू

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

सुन्दर ट्रेडर्स प्रालिले डाउनपेमेन्ट नगरी मासिक किस्तामा स्कुटर खरिद...

५० किलोवाट आवरको ब्याट्री प्याक भएको बीवाईडी एट्टो ३ भित्रियो, अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने

५० किलोवाट आवरको ब्याट्री प्याक भएको बीवाईडी एट्टो ३ भित्रियो, अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ५०...

केई एक्स३ प्रो ईभी अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

केई एक्स३ प्रो ईभी अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...