मोटरसाइकलमा क्लच प्लेट किन आवश्यक छ र यो बिग्रियो भने के हुन्छ ?
बाइकमा धेरै प्रकारका पार्टपुर्जा जडान गरिएको हुन्छ । त्यसमध्ये क्लच प्लेट...
काठमाडौं – सीएफमोटो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ६ दिने एड्भेन्चर राइड अपर मुस्ताङ सम्पन्न गरेको छ । गत बैशाख २५ गते नक्सालस्थित सीएफमोटो शोरुमबाट प्रारम्भ भएको सो राइडमा १७ राइडर र १३ क्रु राइडरको सहभागिता रहेको थियो । सो राइड बैशाख २९ गते अपर मुस्ताङमा पुगी काठमाडौं फर्केर समापन भएको थियो ।
सो राइडमा १४ नेपाली राइडर थिए भने १ चाइनिज र २ भारतीय राइडरको सहभागिता रहेको थियो । काठमाडौंबाट सुरु भएको सो राइड पोखरा हुँदै मुक्तिनाथ, लो मान्थाङ र कोरला बोर्डरसम्म पुगेको थियो । राइड एड्भेन्चर र फनले भरिपूर्ण भएको आयोजक कम्पनी ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्वल जोशीले बताए ।

सो राइडमा डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी र विद्यार्थी लगायतका विभिन्न पेशा व्यवसायमा आवद्ध २३ देखि ६४ वर्ष सम्मका तीन पुस्ते राइडरहरुको सहभागिता रहेको थियो ।
एड्भेन्चर सेगमेन्टमा विश्वभर ख्याती प्राप्त सीएफमोटो ४५० एमटी बाइक नेपालमा पनि उत्तिकै मन पराइएको बाइकको रुपमा छुट्टै पहिचान बनाउन सफल रहेको कम्पनीको भनाइ छ । ऋषि ट्रेड सेन्टर अर्थात सीएफमोटो नेपालले सो राइड एभरेष्ट बाइकर्स नेपालको सहकार्यमा आयोजना गरेको हो ।

यो राइडले नेपालको टु–ह्विलर टुरिजमलाई अन्तर्राष्ट्रिय बजारमा समेत परिचित गराउनुका साथै नेपालको संस्कृति र हेरिटेजको समेत प्रचार गरेको कम्पनीको भनाइ छ । सो राइडले सिएफमोटो ४५० एमटीको असली पर्फमेन्सलाई समेत पुष्टि गरेको बताइएको छ ।
बाइकमा धेरै प्रकारका पार्टपुर्जा जडान गरिएको हुन्छ । त्यसमध्ये क्लच प्लेट...
काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...
काठमाडौं – नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षित प्रतियोगिता नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...