सीएफमोटोे २५० डुअल ईएफआई : ५,६४,९०० मै उपलब्ध उत्कृष्ट इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल

काठमाडौं – सीएफमोटोे नेपालले इन्ट्री–लेभल एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा आफ्नो सशक्त उपस्थिति थप मजबुत बनाउँदै सीएफमोटोे २५० डुअल ईएफआई मार्फत शक्ति, प्रदर्शन, आराम तथा बहुउपयोगिताको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ। यो मोटरसाइकल दैनिक सहरी यात्रादेखि अफरोड साहसिक यात्रासम्मका लागि उपयुक्त रूपमा डिजाइन गरिएको छ।

२२.५ एनएम टर्क उत्पादन गर्ने शक्तिशाली फ्युल–इन्जेक्टेड इन्जिनले सुसज्जित २५० डुअल ईएफआईले कम तथा मध्यम आरपीएममा उत्कृष्ट प्रदर्शन प्रदान गर्दै विभिन्न सडक तथा भौगोलिक अवस्थाहरूमा आत्मविश्वासपूर्ण राइडिङ अनुभव सुनिश्चित गर्दछ। केवल १५४ केजी तौल भएको यस मोटरसाइकलले सहज ह्यान्डलिङ, उत्कृष्ट नियन्त्रण तथा उत्कृष्ट पावर–टु–वेट अनुपात प्रदान गर्दछ, जसले दैनिक यात्रादेखि लामो दूरीका साहसिक यात्रासम्मलाई अझ रमाइलो बनाउँछ।

यस मोटरसाइकलको अर्को विशेषता भनेको यसको २४५ एमएम ग्राउन्ड क्लियरेन्स हो, जुन यस सेग्मेन्टकै उत्कृष्टमध्ये एक हो। यसले उबडखाबड बाटो, कच्ची सडक तथा अफरोड ट्र्याकहरूमा समेत सहज र आत्मविश्वासपूर्ण यात्रा सम्भव बनाउँछ।

यी सबै विशेषतासहित ५ लाख ६४ हजार ९ सय रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध सीएफमोटोे २५० डुअल ईएफआईले प्रिमियम डुअल–पर्पोज मोटरसाइकलको अनुभवलाई अझ पहुँचयोग्य बनाएको छ।

उत्पादनको गुणस्तरसँगै ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै सीएफमोटोे नेपालले देशव्यापी बिक्री, सेवा तथा स्पेयर पार्ट्स सञ्जाललाई तीव्र गतिमा विस्तार गरिरहेको छ। हाल ग्राहकहरूले नेपालगञ्ज, बुटवल, हेटौँडा तथा इटहरी लगायतका स्थानहरूमा जेन्युइन स्पेयर पार्ट्स तथा व्यावसायिक सेवा सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, चितवन र पोखरामा पूर्ण सुविधा सम्पन्न थ्रीएस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) आउटलेटहरू यही महिनाभित्र सञ्चालनमा आउने तयारीमा रहेका छन्।

काठमाडौं उपत्यकाभित्र टेकु, नक्साल नारायणचौर, झम्सीखेल तथा सल्लाघारी स्थित शोरुमहरूबाट ग्राहकहरूले बिक्री, सेवा तथा आफ्टर सेल्स सपोर्ट सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

ग्राहकसँग सधैं साथ रहने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै सीएफमोटोे नेपालले रोडसाइड असिस्टेन्स टिम समेत सञ्चालन गरिरहेको छ, जसले यात्राका क्रममा आइपर्ने समस्या तथा ग्राहकका जिज्ञासाहरूलाई शीघ्र समाधान गर्न सक्रिय भूमिका निर्वाह गरिरहेको छ।

ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै सीएफमोटोे नेपालले आषाढ २०८३ भित्र सीएफमोटोे २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकहरूका लागि विशेष २ वर्षसम्मको सवारी कर निःशुल्क योजना ल्याएको छ। साथै, प्रत्येक खरिदमा फुल–फेस हेल्मेट निःशुल्क प्रदान गरिनेछ।

शक्तिशाली प्रदर्शन, हल्का तौल, सेग्मेन्टकै उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, विस्तार हुँदै गएको सेवा सञ्जाल तथा आकर्षक स्वामित्व सुविधाहरूको संयोजनसहित सीएफमोटोे २५० डुअल ईएफआई ले नेपालको इन्ट्री–लेभल एड्भेन्चर मोटरसाइकल बजारमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ र साहसिक यात्राप्रेमीहरूको पहिलो रोजाइ बन्ने विश्वास कम्पनीले लिएको छ।

सम्बन्धित समाचारहरू

सीएफमोटोको उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा

सीएफमोटोको उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा

काठमाडौँ – सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५०...

स्टक क्लियरेन्स अफर : हार्टफोर्ड भीआर १५० एच अब ३ लाख ६० हजारमा, १ लाख ३० हजार छुट

स्टक क्लियरेन्स अफर : हार्टफोर्ड भीआर १५० एच अब ३ लाख ६० हजारमा, १ लाख ३० हजार छुट

काठमाडौं – हार्टफोर्ड बाइकको नेपालका लागि आधिकारिक वितरक इग्निसन अटोले...

सीएफमोटो बाइकमा ३५ हजार नगद छुट, फाइनान्स सुबिधा र बाली भ्रमणको अवसर

सीएफमोटो बाइकमा ३५ हजार नगद छुट, फाइनान्स सुबिधा र बाली भ्रमणको अवसर

काठडमाडौं–सीएफमोटोको नेपालका लागि आधिकारिक बितरक ऋषि ट्रेड सेन्टरले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...