लद्दाखमा परीक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन ईभी, कठिन भूगोलमा भइरहेको परीक्षण
प्रिमियम मोटरसाइकल निर्माता रोयल इनफिल्डले विद्युतीय एडभेन्चर...
रोयल इनफिल्डले आफ्नो नयाँ पुस्ताको २५० सिसी मोटरसाइकलमा चिनियाँ टु–ह्विलर उत्पादक सिएफ मोटोबाट इन्जिन लिने भएको छ ।
मिडिया रिपोर्टका अनुसार रोयल इनफिल्डले आफ्नो नयाँ जेनेरेसन आइसिई र इलेक्ट्रिक मोडलका लागि पावरट्रेन, हाइब्रिड सिस्टम र इलेक्ट्रोनिक्सको खोजी गरिरहेको छ । सोही क्रममा कम्पनीले सिएफ मोटोसंग छलफल अघि बढाएको हो ।
रोयल इनफिल्डका शीर्ष कार्यकारीहरूले हालै सांघाई मोटर शोको क्रममा सिएफ मोटो र अन्य आपूर्तिकर्ताका प्रतिनिधिहरूलाई भेट्न चीनको यात्रा गरेका थिए ।
सिएफ मोटोद्धारा विकास गरिएको इन्जिन कम्प्याक्ट र इन्धन किफायती हुने कारण सजिलै हाइब्रिड प्रणालीमा एकीकरण गर्न सकिनेछ । इन्जिन सिएफ मोटोबाट लिने योजना बनाएपनि रोयल इनफिल्डले चेसिस, सस्पेन्सन र डिजाइन भने पूर्ण रूपमा भारतमै तयार गर्ने योजना बनाएको छ ।
नयाँ भी प्लेटफर्ममा आधारित उत्पादनहरू हन्टर ३५० भन्दा तल रहने र मुल्य १ लाख २५ हजारदेखी १ लाख ३५ हजार भारुसम्म पर्ने अनुमान गरिएको छ । रोयल इनफिल्डले २०३० सम्ममा आफ्नो वार्षिक उत्पादन १० लाखबाट २० लाख युनिटमा दोब्बर बनाउने लक्ष्य राखेको छ, जसमा नयाँ भी प्लेटफर्मले ७५० सीसी रेन्ज र ईभी सामेल हुनेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...