सिएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम यति मोटर्स हेटौंडा

सिएफ मोटो तथा जिहो टु ह्विलर्सका लागि नेपालको एक मात्र आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बागमती प्रदेशको राजधानी हेटौंडामा डिलर विस्तार गरेको छ ।

मकवानपुर जिल्लाको सदरमुकाम समेत रहेको हेटौँडा बजारमा कम्पनीले पाँचौँ डिलर विस्तार गर्न सफल भएको हो । यति मोटर्स हेटौँडा अब सिएफ मोटो तथा जिहोका लागि आधिकारिक डिलर नियुक्त भएको छ । यति मोटर्सको शोरुम शनिवार एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । बिक्री तथा बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मोटर्सका सञ्चालक ईश्वर श्रेष्ठले सिएफ मोटो र जिहो दुवै ब्रान्ड हेटौँडा तथा आसपासको क्षेत्रमा लोकप्रिय हुने विश्वास व्यक्त गरेका छन् । राम्रो ब्रान्ड भएकाले आफूले डिलर लिएको बताउँदै उनले ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘बिक्री पछिको सेवालाई प्रमुख प्राथमिकतामा राख्दै सेवा प्रदान गर्नेछौँ,’ उनले भने ।

शोरुममा सिएफ मोटोको एनके २५० तथा जिहो ब्रान्डको एई६ प्लस, एई ६ प्लस एलआर, एई४ तथा एई४ एलआर बिक्री तथा प्रदर्शनीमा राखिएको छ । शोरुममा आएर ग्राहकले यी ब्रान्डको बाइक तथा स्कुटर टेष्ट ड्राइभ गर्न सक्ने सञ्चालक श्रेष्ठले जानकारी दिएका छन् । शोरुम उद्घाटनको अवसरमा सिएम मोटो र जिहोका बाइक तथा स्कुटरको र्‍यालीसमेत आयोजना भएको छ। शोरुम उद्घाटनको अवसरमा बाइक तथा स्कुटर खरिदमा विशेष छुट उपलब्ध गराइएको थियो ।

सिएफ मोटोको २५० सिसी क्षमताको एनके २५० युवा पुस्ता माझ लोकप्रिय छ । यसको अधिकतम इन्जिन क्षमता २०.५ किलोवाट छ । टर्क २२ एनएम, ड्युअल च्यानल एबीएस, १२.५ लिटरको फ्युल ट्यांक क्षमता, इलेक्ट्रिक फ्युल इन्जेक्सन तथा एलईडी डिस्प्ले लगायतका विशेषता सो बाइकमा उपलब्ध छन् ।

त्यस्तै जिहोको हालै बजारमा आएको एई४ मोडलको ३ किलोवाट हव मोटर, २ किलोवाट आवरको लिथियम ब्याट्री, इलेक्ट्रिक ट्रान्जिक्सन कन्ट्रोल, एनएफसी कार्ड तथा जिहो एप्सबाट सञ्चालन गर्न सकिने र ३१ लिटर बराबरको बुथ स्पेस लगायतका विशेषता पाउन सकिन्छ । हेटौँडास्थित स्थानीय व्यवसायी, बैंकर्श, रिकण्डिसन व्यवसायी तथा सञ्चारकर्मी लगायतको उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो ।

सम्बन्धित समाचारहरू

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

काठमाडौं – नेपाल प्रहरीले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस...

चौतारा-काठमाडौंमा अब विद्युतीय गाडी

चौतारा-काठमाडौंमा अब विद्युतीय गाडी

काठमाडाैँ – सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंसम्म विद्युतीय गाडी...

कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्

कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्

स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...