सिएफ मोटोको १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल, यस्तो छ मूल्य र पावर

चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस सेग्मेन्टका मोटरसाइकल उत्पादनमा कहलिएको नाम हो । यो कम्पनीले कम मूल्यमा उच्च सिसी क्षमताका मोटरसाइकल उत्पादन गरी बिश्व बजारमा बिक्री बितरणा गर्दै आइरहेको छ । नेपाली बजारमा समेत यसको ६ वटा मोडलका मोटरसाइकल उपलब्ध छन् । नेपालका लागि आधिकारिक बितरक अन्ना इन्टरनेश्नल प्रालिले १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल आयत गरी कारोबार गर्दै आइरहेको छ ।

यसको सबैभन्दा सस्तो र कम सिसी क्षमताको मोटरसाइकल एसटी पपिओ हो । १२५ सिसी क्षमताको इन्जिन जडान गरिएको यो मोटरसाइकलको अधिकतम पावर ७ किलोवाट र टर्क ८.३ एनएम रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख ४१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी १५० सिसीको १५० एनकेको पावर ९.२ किलोवाट र टर्क ११.५ एनएम रहेको छ । यो मोटरसाइकलको मूल्य ३ लाख ३५ हजार ५ सय रुपैयाँ तोकिएको छ । २५० सिसी क्षमतामा उपलब्ध २५० एनकेको अधिकतम पावर १९.५ किलोवाट र टर्क २२ एनएम रहेको छ । यसको मूल्य ५ लाख ६५ हजार रुपैयाँ पर्छ । २५० सिसीकै अर्को बाइक २५० एसआरको पावर २०.५ किलोवाट र टर्क २२ एनएम छ भने यो स्पोर्ट बाइकको मूल्य ६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

४०० सय सिसी क्षमताको ४०० एनकेको पावर २९.५ किलोवाट र टर्क ३२ एनएम रहेको छ । यो मोटरसाइकलको मूल्य ७ लाख ९० हजार रुपैयाँ पर्छ । सोही इन्जिन क्षमताको अर्को बाइक ४०० जीटीको भने ३१.५ किलोवाट पावर र ३६.५ एनएम टर्क रहेको छ । यसको मूल्य ९ लाख ४१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

उच्च सिसी क्षमताका ६५० एनके र ६५० एमटी दुबै मोडलमा ६५० सिसी क्षमताको इन्जिन जडान गरिएको छ । यी दुबै मोटरसाइकलको पावर ४५ किलोवाट र टर्क ५६ एनएम रहेको छ । यी बाइकको मूल्य क्रमशः १५ लाख ५० हजार र १६ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

भारतीय सडकमा २०२५ केटीएम ३९० एड्भेन्चर बाइक परीक्षणको क्रममा देखिएको छ,...

नयाँ ड्यूक २५० को बुकिङ खुला, पुरानो भन्दा ५ हजारले महंगो

नयाँ ड्यूक २५० को बुकिङ खुला, पुरानो भन्दा ५ हजारले महंगो

काठमाडौं– २०२४ केटिएम ड्यूक २५० को बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक...

केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि

केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि

काठमाडौं – नेपाली बजारमा केटीएम बाइकको मूल्य भारी रुपमा वृद्धि भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...