डुकाटीको अफरोडर बाइक डेजर्टएक्सको ग्लोबल प्रिमियर : २१ लिटरको ट्यांकी, २०२ केजी तौल
इटालीको प्रसिद्ध कम्पनी डुकाटीले दुबईको बुर्ज खलिफामा भइरहेको यस वर्षको...
चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस सेग्मेन्टका मोटरसाइकल उत्पादनमा कहलिएको नाम हो । यो कम्पनीले कम मूल्यमा उच्च सिसी क्षमताका मोटरसाइकल उत्पादन गरी बिश्व बजारमा बिक्री बितरणा गर्दै आइरहेको छ । नेपाली बजारमा समेत यसको ६ वटा मोडलका मोटरसाइकल उपलब्ध छन् । नेपालका लागि आधिकारिक बितरक अन्ना इन्टरनेश्नल प्रालिले १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल आयत गरी कारोबार गर्दै आइरहेको छ ।
यसको सबैभन्दा सस्तो र कम सिसी क्षमताको मोटरसाइकल एसटी पपिओ हो । १२५ सिसी क्षमताको इन्जिन जडान गरिएको यो मोटरसाइकलको अधिकतम पावर ७ किलोवाट र टर्क ८.३ एनएम रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख ४१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी १५० सिसीको १५० एनकेको पावर ९.२ किलोवाट र टर्क ११.५ एनएम रहेको छ । यो मोटरसाइकलको मूल्य ३ लाख ३५ हजार ५ सय रुपैयाँ तोकिएको छ । २५० सिसी क्षमतामा उपलब्ध २५० एनकेको अधिकतम पावर १९.५ किलोवाट र टर्क २२ एनएम रहेको छ । यसको मूल्य ५ लाख ६५ हजार रुपैयाँ पर्छ । २५० सिसीकै अर्को बाइक २५० एसआरको पावर २०.५ किलोवाट र टर्क २२ एनएम छ भने यो स्पोर्ट बाइकको मूल्य ६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
४०० सय सिसी क्षमताको ४०० एनकेको पावर २९.५ किलोवाट र टर्क ३२ एनएम रहेको छ । यो मोटरसाइकलको मूल्य ७ लाख ९० हजार रुपैयाँ पर्छ । सोही इन्जिन क्षमताको अर्को बाइक ४०० जीटीको भने ३१.५ किलोवाट पावर र ३६.५ एनएम टर्क रहेको छ । यसको मूल्य ९ लाख ४१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
उच्च सिसी क्षमताका ६५० एनके र ६५० एमटी दुबै मोडलमा ६५० सिसी क्षमताको इन्जिन जडान गरिएको छ । यी दुबै मोटरसाइकलको पावर ४५ किलोवाट र टर्क ५६ एनएम रहेको छ । यी बाइकको मूल्य क्रमशः १५ लाख ५० हजार र १६ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
इटालीको प्रसिद्ध कम्पनी डुकाटीले दुबईको बुर्ज खलिफामा भइरहेको यस वर्षको...
केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...
स्वीडेनको टु ह्वील निर्माता कम्पनी हस्कभर्ना मोटरसाइकलले इटालीको चर्चित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...