सोनी होन्डाको इलेक्ट्रिक कार परियोजना रद्द, अफिला १ सहित सबै योजना स्थगित
जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा...
काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतीक्षित होन्डाको सीबी ३५० आरएस मोटरसाइकल नेपाली बजारमा आज लन्च गरेको छ ।
नेपालमा होन्डा सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यो सीबी ३५० आरएसले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होन्डा विश्वस्त रहेको बताएको छ ।
आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यो बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोडर्न फिचरहरुले भरिपूर्ण बाइक ड्युअल टोन फ्युल ट्यांकमा ब्ल्याक विथ पर्ल स्पोर्ट्स एलो र पिन स्ट्रिपिङ फ्ययुल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङहरुमा उपलब्ध छ ।
एडभान्स डिजिटल एनालग मिटर, ड्युअल च्यानल एबीएस, साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केही विशेषताहरु हुन् ।
नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । तर बिक्री शुभारम्भको अवसरमा केही दिनका लागि यो मोटरसाइकल ७ लाख ३९ हजार ९ सय रुपैयाँमै उपलब्ध हुने बताइएको छ ।
जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा...
जापानमा जारी टोकियो मोटर शोमा होन्डाले नयाँ इलेक्ट्रिक स्कुटर एससीए–ई को...
होन्डाको आगामी एसयूभी होन्डा एलिभेट मिडसाइज कार ६ जुनमा सार्वजनिक हुँदैछ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...