कारको सिटमा बस्दा यसरी मिलाउनुस् आफ्नो पोजिसन
कार चलाउदा ड्राइभिङ सिटमा बस्ने स्थिति वा पोजिसनमा ध्यान दिइएन भने ढाड...
आधुनिक सवारी साधनहरु जुनसुकै मौसममा इन्जिन चलाउन मिल्ने गरि असंख्य हिट सेन्सरहरु र इसीयु नियन्त्रित फ्यानहरु सहितको परिष्कृत कुलिङ सिस्टमले सुसज्जित छन् । तर यी सबै उन्नत सुविधाहरु भए तापनि इन्जिन अझै तातिन सक्छ । हामीले विभिन्न तरिकाल अपनाएर यसरी इन्जिन तातिनबाट बचाउनु पर्ने हुन्छ ।
गाडी ओभरहिट हुनुको कारण
इन्जिन चल्ने क्रममा बढ्ने तापक्रमलाई नियन्त्रण गर्ने कुलिङ सिस्टमका एक वा बढी कम्पोनेन्टको खराबीेको कारणले ओभरहिटिङ हुन्छ । ओभर हिट हुदा इन्जिनको तापक्रम सामान्य सञ्चालन तापक्रम भन्दा धेरै हुन्छ भने यस्तो अवस्थामा लामो समयसम्म गाडी चलाउँदा गम्भीर मेकानिकल क्षति हुन सक्छ ।
इन्जिन ओभरहिट हुनुका सामान्य कारणहरु
कुनै एउटा कारणले मात्र इन्जिन ओभरहिट हुँदैन । यसका विभिन्न कारण हुन सक्छन् ।
१. थर्मोस्टेटको खराबी
इन्जिन संचालनको तापक्रम पुगेपछि थर्मोस्ट्याटले इन्जिनमा प्रवाह हुने कुलेन्टलाई नियन्त्रण गर्छ । खराब वा अड्किएको थर्मोस्ट्याट इन्जिन तातो हुँदा पनि बन्द रहन्छ, जसले गर्दा कुलेन्टले इन्जिनलाई चिस्याउन पाउदैन र इन्जिन अति नै तातो हुन्छ ।
२. खराब वाटर पम्प
खराब वाटर पम्पले कुलेन्टलाई इन्जिनको कुलिङ प्रणालीमा चल्नबाट रोक्छ, जसले गर्दा कुलेन्टको लेभल ठीक भए तापनि इन्जिन बढी तातो हुन्छ ।
३.खराब रेडिएटर वा रेडिएटर क्याप
यदि रेडिएटर ब्लक भएको वा चुहावट भएको छ भने यसले कुलेन्टलाई प्रभावकारी रूपमा चिसो पार्न सक्दैन र इन्जिन धेरै तात्छ । रेडिएटर क्यापले कुलिङ सिस्टमलाई प्रेसराइज गर्छ । क्याप बिग्रिएको वा क्याप भित्रको सिल च्यातिएको अवस्थामा कुलेन्ट चिसो हुनुको सट्टा उम्लिएर बाहिर जान्छ ।
४.रेडिएटर फ्यानको खराबी
गाडीमा हुने दुइवटा रेडिएटर फ्यानले चिसो हावा रेडिएटरमा पठाएर चिस्याउने काम गर्छ । रेडिएटर फ्यान खराब हुदा गाडी धेरै छिटो तात्न थाल्छ ।
ओभरहिटिङ हुनबाट जोगिने उपायहरु
इन्जिन ओभर हिट हुनबाट जोगिनका लागि पनि विभिन्न उपाय अपनाउन सकिन्छ ।
१. नियमित मर्मतसम्भार
इन्जिनलाई ओभरहिटबाट जोगाउने सबैभन्दा राम्रो उपाय भनेको गाडीको नियमित सर्भिसिङ गर्नु हो, जसले गर्दा यो हुनु अघि नै रोकथाम गर्न सकिन्छ । गाडीको मर्मत तालिका पालना गरि विशेषज्ञ प्राविधिकबाट जाच गराउनु पर्छ ।
२ कुलेन्टको जाँच
नियमित कुलेन्टको जाँच गरेर पनि ओभरहिटिङबाट जोगाउन सकिन्छ । कुलेन्ट ट्यांकीको छेउमा कुलेन्ट लेभल कहाँ हुनुपर्छ भनेर संकेत गर्ने रेखाहरू हुन्छन् । नियमित जाँच गरि ट्यांकीको संकेत भित्र कुलेन्ट रहेको सुनिश्चित गर्नुपर्छ ।
चेकजाँचको क्रममा कुलेन्ट फोहोर रहेको वा कुलेन्टको रङ गुमाएको अवस्थामा कुलेन्ट फ्लश गरि नया कुलेन्ट हाल्नु पर्छ ।
इन्जिन धेरै तातो हुन थालेपछि के गर्ने ?
इन्जिन धेरै तातियो भने यो अवस्थामा पनि विशेष सावधानी अपनाउन सकिन्छ ।
१. साइडमा लगेर चिसो हुन दिने
ड्यासबोर्डमा हुने टेम्परेचर गेजले तापक्रम निकै बढेको संकेत गरेपछि गाडीलाइ साइड लगाइ इन्जिन बन्द गर्नुपर्छ । सम्भव भएमा हुड खोलेर यसलाई आफैंमा चिसो हुन दिनुपर्छ ।
२.रेडिएटर क्याप कहिल्यै खोल्नुहुदैन
गाडी ओभर हिट भएको खण्डमा रेडिएटर क्यापलाई कहिल्यै छुने वा खोल्ने गर्नु हुदैन किनभने कुलिङ सिस्टम उच्च प्रेसर र तापक्रममा हुन्छ र गम्भीर जलन हुन सक्छ ।
३.कुलेन्ट रिफिल गर्ने
सबै चिसो भएपछि, बिस्तारै कुलेन्ट ट्यांकीको क्याप खोलेर आवश्यक परे नयाँ कुलेन्टले पुनः भर्नु्पर्छ ।
३.कुलेन्टको होज पाइपहरु जाँच गर्ने
ओभरहिट गाडीमा आफै नहुने भएकाले कुलेन्ट सिस्टमको होज पाइपहरुमा चुहावट भएको, काटिएको वा बिग्रिएको जाँच गर्नुपर्छ । अवस्था हेरेर प्राविधिकको सहयोग लिनु पर्छ ।
सुयोग खनाल
(अटोमोबाइल इन्जिनियर)
कार चलाउदा ड्राइभिङ सिटमा बस्ने स्थिति वा पोजिसनमा ध्यान दिइएन भने ढाड...
पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढेको समयमा काठमाडौंमा पार्किङको चर्चा...
कार चालकलाई कारसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि हुनुपर्छ, अन्यथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...