एक्सटेन्डेड–रेन्ज हाइब्रिडका लागि पहिलो पटक चाइनिज कम्पनी सीएटीएलले ल्यायो नयाँ ब्याट्री

चाइनिज ब्याट्री निर्माता कम्पनी सीएटीएल (क्याटल) ले एक्सटेन्डेड–रेन्ज हाइब्रिडका लागि पहिलो उत्पादन गरेको पहिलो ब्याट्री सार्वजनिक गरेको छ । सबै सेगमेन्ट मध्ये यो क्याटागोरीका इलेक्ट्रिक कारको बिक्री बढिरहेको समयमा सीएटीएलले ब्याट्री उत्पादन गरेको हो ।

फ्रिभोय नामक सो विश्वकै पहिलो हाइब्रिड ब्याट्रीको रेन्ज ४०० किलोमिटर अर्थात २४९ माइल रहेको सीएटीएलका चिफ टेक्नोलोजी अफिसर गाओ हुआनले बताए । उनका अनुसार सो ब्याट्री लि अटो लगायतका विभिन्न चाइनिज ईभी ब्रान्डमा प्रयोग भइरहेको छ र आगामी दिनमा जिली र चेरी जस्ता सो क्षेत्रका प्रतिष्ठित कम्पनीका उत्पादनमा समेत प्रयोग हुनेछ । करिव ३० एक्सटेन्डेड–रेन्ज हाइब्रिड मोडलमा यसको प्रयोग हुने गाओले प्रेस कन्फ्रेन्समा बताए ।

एक्सटेन्डेड–रेन्ज हाइब्रिड अर्थात ईआईभीमा अन्य हाइब्रिड कारमा भन्दा ठूलो ब्याट्री प्याक प्रयोग गरिन्छ । यी कार विद्युतको सहायताले चल्छन् र चार्ज कम भएको समयमा पावर बैंकको रुपमा यसमा भएको ग्यासोलिन इन्जिनले ब्याट्री रिचार्ज गर्नका लागि सहयोग गर्छ ।

CATL Freevoy Super Hybrid Battery

पछिल्लो समयमा धेरै चाइनिज उपभोक्ताहरुले ईआरईभी मन पराउन थालेका छन् । यसको ड्राइभिङ रेन्ज ईभीको भन्दा धेरै हुन्छ र मूल्य समेत ग्यासोलिन कार भन्दा कम हुन्छ ।

ईआरईभीको बिक्री समेत यो वर्षको ९ महिनामा गत वर्षको यही अवधिको तुलनामा दोब्बर भन्दा बढी भएको छ । चीनका प्रतिष्ठित कम्पनी लिप मोटर र लि अटोले यही वर्ष मात्र १० भन्दा बढी मोडलका ईआरईभी लन्च गरेका छन् ।

चाइनिज कार निर्माता कम्पनीका साथै विश्वका अन्य कम्पनीहरुले समेत बढी माग गरेकै कारण सीएटीएलले सो ब्याट्रीको उत्पादन गरेको हो ।

सम्बन्धित समाचारहरू

बीवाईडी ई६ दशै अगाडि नै ग्राहक डेलिभरी गरिने, सेमी कन्डक्टर अभावको असर नहुने

बीवाईडी ई६ दशै अगाडि नै ग्राहक डेलिभरी गरिने, सेमी कन्डक्टर अभावको असर नहुने

काठमाडौं – नेपाली बजारमा सबैभन्दा बढी रेन्ज भएको इलेक्ट्रिक गाडी बीवाईडी...

२ नयाँ इलेक्ट्रिक कारका साथ ईभी बजारमा प्रवेश गर्दै मारुती सुजुकी

२ नयाँ इलेक्ट्रिक कारका साथ ईभी बजारमा प्रवेश गर्दै मारुती सुजुकी

मारुती सुजुकी पेट्रोल र डिजेल सेगमेन्टमा शीर्ष स्थानमा छ । तर, अब मारुती...

टेस्ला आयतमा कर छुट दिने कदमबाट पछि हट्यो भारत

टेस्ला आयतमा कर छुट दिने कदमबाट पछि हट्यो भारत

भारत सरकारले विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने कुनै प्रस्तावमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...