क्यास्ट्रोलद्वारा मेकानिक्ससँग अन्तरक्रिया, सधै साथमा रहने प्रतिबद्धता

काठमाडौं – नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले ललितपुरका मेकानिक्सहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो मेकानिक्स मिट तथा अन्तरक्रिया कार्यक्रम ललितपुरमा सञ्चालित बाइक मेकानिक्सहरुको संगठन नेपाल अटो मेकानिक्स व्यवसायी संघसँगको सहकार्यमा सम्पन्न भएको थियो ।

सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका चिफ मार्केटिङ अफिसर अमरज्योति रञ्जितले १२५ वर्ष पुरानो र नेपालमा लामो समय देखि सबै सवारी साधन प्रयोगकर्ताले रुचाउदै आएको क्यास्ट्रोल लुब्रिकेन्टले पछिल्लो समयमा नयाँ प्रविधिका साथ विभिन्न मोडल भित्र्याइरहेको बताए ।

बाइकका लागि आवश्यक २०डब्ल्यु४०, २०डब्ल्यु५० र १०डब्ल्यु३० भिस्कोसिटी इन्डेक्सको क्यास्ट्रोल एक्टिभो हाल नेपाली बजारमा उपलब्ध रहेको उनले बताए । क्यास्ट्रोल एक्टिभो नेपाली बजारका लागि विशेष रुपमा भित्र्याएको बताउदै रञ्जितले थ्रीएक्स प्रोटेक्सन उपलब्ध भएकाले यो इन्जिन, क्लच र गियर सबैका लागि सुरक्षित इन्जिन आयल भएको बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष राजकुमार बिकेले क्यास्ट्रोल एक प्रिमियम ब्रान्ड भएको र इन्जिन तथा सवारी साधनको सुरक्षाका लागि यसको प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सो अवसरमा ललितपुरका लागि क्यास्ट्रोलले ‘पावर वान मेकानिक्स अफर’ समेत सार्वजनिक छ ।
अन्तरक्रियामा मेकानिक्स र मेकानिक्स व्यवसायीहरुले क्यास्ट्रोल लुब्रिकेन्टको गुणस्तरीयता वारेमा धेरैलाई थाहा भए पनि विभिन्न अन्तरक्रिया र जानकारीमूलक कार्यक्रमहरु राखेर क्यास्ट्रोल लुब्रिकेन्टको वारेमा सबैलाई सुसूचित गराउन आवश्यक रहेको बताए ।

सो अवसरमा मेकानिक्सहरुको विभिन्न जिज्ञासाको समाधान नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका चिफ मार्केटिङ अफिसर अमरज्योति रञ्जितले गरेका थिए । उनले लुब्रिकेन्टको गुणस्तरीयता वारेमा मेकानिक्सलाई धेरै जानकारी हुने र ग्राहकलाई सम्झाउन समेत सहज हुने भएकाले आगामी दिनमा सधै मेकानिक्सका साथ मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचारहरू

काठमाडौं उपत्यकामा विहान ९ बजेसम्म वर्कसप खुल्ने

काठमाडौं उपत्यकामा विहान ९ बजेसम्म वर्कसप खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप जेठ...

जब महावीर पुनले कार भन्दा सस्तो जेसीबी देखे ……

जब महावीर पुनले कार भन्दा सस्तो जेसीबी देखे ……

राष्ट्रिय आविष्कार केन्द्र चलाइरहेका अभियन्ता महावीर पुनको दिमागमा...

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, सवारी साधनकाे पनि पूजा गरिदै

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, सवारी साधनकाे पनि पूजा गरिदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...