नयाँ डर्ट बाइक कायो टी२ मा क्यासब्याक अफर, मूल्य ४ लाख ५० हजार

काठमाडौं – नेपाली बजारमा नयाँ २५० सीसीको डर्ट बाइक कायो टी२ को बुकिङ खुलेको छ । यसको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

बुकिङ गर्ने ग्राहकलाई हाल २० हजार रुपैयाँ छुट उपलब्ध भएको आधिकारिक वितरक सुबानी ट्रेडर्सले बताएको छ । त्यसैगरी लिमिटेड अफरको रुपमा हेल्मेट समेत उपहारस्वरुप पाइने छ ।

यो बाइकमा २५० सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयरकुल्ड इन्जिन छ, जसले ८,५०० आरपीएममा १६.५ पीएस पावर र ५,५०० आरपीएममा १७.५ एनएम टर्क जेनेरेट गर्छ । १०५ किलोमिटर प्रतिघण्टाको टप स्पिड भएको यो बाइकको तौल १०७ किलोग्राम छ ।

आल्मुनियम रिम सहितको २१ र १८ इन्चको टायर र ५–स्पिड गियरबक्स भएको यो बाइकमा रेसिङ कार्बुरेटर प्रयोग गरिएको छ भने ३५ किलोमिटर माइलेज दिने बताइएको छ । दुवै चक्कामा डिस्क ब्रेक भएको यो बाइकको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ । तर हाल बुकिङ गर्ने ग्राहकका लागि ३० हजार क्यास ब्याक उपलब्ध गराइने भएकाले यसको मूल्य ४ लाख २० हजार रुपैयाँ मात्र हुने कम्पनीको भनाइ छ । त्यसैगरी निःशुल्क हेलमेट, ह्यान्डगार्ड र ग्लोब समेत उपलब्ध हुनेछ ।

सहज फाइनान्स सुविधा समेत उपलब्ध हुने यो बाइकमा २ वर्षको वारेन्टी उपलब्ध हुने बताइएको छ । काठमाडौंको रातोपुल तथा पोखराको बुद्धचोकस्थित साझा पेट्रोल पम्पसँगै रहेको सोरुममार्फत बाइक बुकिङ गर्न र अन्य सुविधा लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...

आइतबार देखि बाइकर्स क्याफेमा केटीएम टेस्ट राइड, निःशुल्क पेय पदार्थ उपलब्ध हुने

आइतबार देखि बाइकर्स क्याफेमा केटीएम टेस्ट राइड, निःशुल्क पेय पदार्थ उपलब्ध हुने

काठमाडौं – केटीएम नेपालले मोटरसाइकल प्रेमीहरुलाई आफ्ना नयाँ मोडलहरु...

कलर टिएफटी डिस्प्लेसहित अपडेट भएर आयो केटीएम आरसी २००

कलर टिएफटी डिस्प्लेसहित अपडेट भएर आयो केटीएम आरसी २००

केटीएमले आरसी २०० को नयाँ संस्करणमा केही फिचर अपडेट गरेको छ । आरसी २०० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...