मोटरसाइकल बोकेको भाडा ३० हजार रुपैयाँ

हुम्ला - सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपैयाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा मोटरसाइकल बोकेर लैजाने गरिएको छ ।

मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याइन्छ । त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ ।

उनले सुरुमा चालिस हजार रुपैयाँबाट मोलमोलाइ सुरु भए पनि पछि तीस हजारमा मोटरसाइकल बोक्न मानिस तयार भएको बताए । सो क्षेत्रमा मोटरसाइकल बोकेर ल्याउन कम्तीमा चारदेखि छ जना मानिस आवश्यक पर्छ । सिमकोटमा गाडी तथा मोटरसाइकल सञ्चालनमा आएपछि पछिल्लो समय गाडी र मानिसलाई मोटरसाइकल बोकाएर जिल्लामा ल्याउने चलन बढेको छ ।

यसरी मानिसलाई बोकाएर १५ वटाभन्दा बढी मोटरसाइकल सदरमुकाम सिमकोट ल्याइएको छ । सुरुमा यसरी मोटरसाइकल बोकाएर ल्याउने चालकले पचास हजारसम्म भाडा तिरेको बताइन्छ । छारेबाट सडक सञ्जाल जोडिएकाले त्यो मार्ग हुँदै सिमकोटसम्म मोटरसाइकल चलाएर नै ल्याउने गरिएको छ ।

गोरखापत्र दैनिक

सम्बन्धित समाचारहरू

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनमा तुल्सीराम न्यौपानेको प्यानल विजयी

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनमा तुल्सीराम न्यौपानेको प्यानल विजयी

बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको अध्यक्षमा तुल्सीराम न्यौपाने...

मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै पोखरा महानगर

मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै पोखरा महानगर

कास्की – पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप,...

जेसीबी वा निर्माण उपकरणको रङ किन पहेलो हुन्छ ?

जेसीबी वा निर्माण उपकरणको रङ किन पहेलो हुन्छ ?

निर्माण स्थलहरूमा पहेँलो मेसिनले उत्खनन वा तोडफोड जस्ता कामहरू गरिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...