यस्तो छ अक्टोबर महिनामा भारतमा बिक्री भएका कारको तथ्यांक, टाटा र कियाले सुधार गरे बजार हिस्सा

कोरोना महामारीका बावजुद पनि भारतमा पछिल्ला महिनाहरुमा प्यासेन्जर कारको बिक्रीमा बढोत्तरी भइरहेको छ । अक्टोबर महिनामा कुल ३ लाख ३३ हजार ७ सय ५९ थान कार बिक्री भएका छन् । यो गत बर्षको सोही महिनाको तुलनामा १७ दशमलब ५० प्रतिशतले बढी हो । अघिल्लो बर्षको सोही महिनामा कुल २ लाख ८४ हजार ८ थान कार बिक्री भएका थिए ।

गत महिना बिक्री भएको सवारीसाधनलाई आधार मान्दा मारुती सुजीकी एक्लैले ४९ दशमलब २ प्रतिशत हिस्सा ओगट्दै सुचीको पहिलो स्थान हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको हुन्डाईले १६ दशमलब ९६ प्रतिशत हिस्सा ओगटेको छ । यो अवधिमा सुजुकीले १ लाख ६३ हजार ६ सय थान कार बिक्री गरेको छ । जुन अघिल्लो बर्षको सोही महिनामा बिक्री भएको १ लाख ३९ हजार १ सय २१ थानको तुलनामा १७ दशमलब ६ प्रतिशतले बढी हो । त्यसैगरी हुन्डाईले १३ दशमलब १८ प्रतिशतले बजार बढाएको छ । उसले गत बर्षको सोही महिनामा कुल ५० हजार १० थान बिक्री गरेको थियो भने यो बर्षको अक्टोबर महिनामा ५६ हजार ६ सय थान बिक्री गर्न सफल भएको छ ।

अघिल्लो बर्ष तेस्रो स्थानमा रहेको महिन्द्राको बिक्री भने यो बर्षको सोही महिनामा नराम्रोसँग कम भएको छ । उसलाई उछिनेर टाटा तेस्रो स्थानमा उक्लन सफल भएको छ । टाटाले यो एक महिनामा कुल २३ हजार ६ सय थान कार बिक्री गरेको छ भने महिन्द्राले जम्मा १८ हजार ६ सय थानमात्र । महिन्द्रा भन्दा माथि किया उक्लन सफल भएको छ ।

कियाले यो अबधिमा २१ हजार २१ थान कार बिक्री गर्दै चौथो स्थानमा उक्लन सफल भएको छ । टाटा र कियाले अघिल्लो बर्षको सोही महिनामा क्रमशः १३ हजार १ सय ६९ थान र १२ हजार ८ सय ५४ थान कार बिक्री गरेका थिए । टाटा र कियाले अघिल्लो बर्षको तुलनामा क्रमश ७९ दशमलब २१ र ६३ दशमलब ५४ प्रतिशतले बजार हिस्सा बढाएको छ । जबकी महिन्द्राको बृद्धिदर ३ दशमलब ७८ प्रतिशतमा सीमित भएको छ ।

यो अवधिमा रेनो, फक्सवागन र निसानले बजार हिस्सा गुमाएका छन् । रेनोले गत बर्षको सोही अवधिमा कुल ११ हजार ५ सय १६ थान कार बिक्री गरेकोमा यस बर्ष ११ हजार ५ थानमात्र बिक्री गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ४ दशमलब ४४ प्रतिशतले कम हो । त्यसैगरी फक्सवागनले अघिल्लो बर्षको सोही अवधिमा ३ हजार २ सय १३ थान कार बिक्री गरेकोमा यो बर्ष २ हजार ५४ थानमा सीमित भएको छ । जुन अघिल्लो बर्षको तुलनामा ३६ दशमबल ७ प्रतिशतले कम हो ।

निसानले अघिल्लो बर्षको सोही अवधिमा १५ सय ८१ थान कार बिक्री गरेकोमा यो बर्षको एक महिने अवधिमा जम्मा ९ सय ८३ थान बिक्री गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा ३७ दशमलब ८२ प्रतिशतले कम हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...