बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–जिएसटी २.० लागु भएपछि भारतमा कारको बिक्री दोब्बरले बृद्धि भएको छ । अर्थमन्त्री निर्मला सीतारमणका अनुसार जिएसटी सुधारले घरेलु अटोमोटिभ उद्योगलाई बढावा दिएको र एक महिनामा कार बिक्री दोब्बरभन्दा बढीले बृद्धि भएको छ ।
‘एक महिना अघि लागु भएको जिएसटी २.० ले अटोमोटिभ उद्योगलाई उल्लेखनीय फाइदा पु-याएको छ । कार बिक्री दोब्बरभन्दा बढीले बढेर आधा मिलियन युनिटभन्दा बढी पुगेको छ,’ सीतारमणले भनिन् ।
सेप्टेम्बर २२ देखि अक्टोबर १८ सम्म मारुति सुजुकीले ३ लाख ५० हजार युनिट बिक्री गरेको छ । यस अवधिमा टाटा मोटर्सको बिक्री वार्षिक रूपमा ३० प्रतिशतले बढेको छ, जबकि ईभी बिक्री ३७ प्रतिशतले बढेको छ । हुन्डाईले हरेक दिन औसत २ हजार ५०० कारको खुद्रा बिक्री गर्दै आएको जनाइएको छ । त्यसैगरी, महिन्द्रा, किया र टोयोटाले १ लाख देखी १ लाख ५० हजार युनिटसम्म खुद्रा बिक्री गरेका छन् ।
दीपावलीमा मात्रै बिक्री रेकर्ड ६ लाख ५ हजार करोड रुपैयाँ पुगेको बताइएको छ । व्यापार वृद्धिले विभिन्न क्षेत्रहरूमा लगभग ५० लाख मानिसहरूलाई अस्थायी रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...