तपाईले आफ्नै कारको वनर्स म्यानुअल अध्ययन गर्नुभएको छ ? यस्ता छन् अध्ययन गर्नुपर्ने ५ कारण

तपाईले नयाँ कार किन्दै गर्दा कारको वनर्स म्यानुअल पढ्ने गर्नुभएको छ ? धेरैले यो कुरामा ध्यान दिएको पाइदैन । तपाईले कार किनेपछि गर्नै पर्ने विभिन्न कार्यहरुको सूचीमा वनर्स म्यानुअलको अध्ययन गर्ने कार्यलाई पनि सामेल गर्नु आवश्यक छ । यद्यपि धेरैले यो कुरामा ध्यान दिएको पाइदैन ।

कारको वारेमा छोटकरी जानकारी लिनका लागि वनर्स म्यानुअलले महत्वपूर्ण भूमिका खेल्न सक्छ । कारको भित्र के छ र यसलाई कसरी संचालन गर्ने भन्ने वारेमा जानकारी राख्दा कथंकदाचित गाडीमा समस्या आएको खण्डमा धेरै सहज हुन्छ ।

कारको भित्री वाहिरी सबै पक्षको वारेमा जानकारी लिन
कार किन्नु एक महत्वपूर्ण लगानी हो । धेरै मानिसहरूले सपनाको कार किन्नका लागि वर्षौको बचत उपयोग गरेका हुन्छन् । ठूला खरिदहरू प्रायः ठूलो जिम्मेवारीहरूसँग आउँछन्, र गाडी खरिद पनि यस्तै ठूलो खरिदमा पर्छ ।

कारको वनर्स म्यानुअलमा कारको हरेक विषयको आवश्यक जानकारी समावेश गरिएको हुन्छ । यसमा भएका प्रत्येक बटनमार्फत के कार्य गर्न सकिन्छ देखि लिएर कुन वार्निङ लाइटले के संकेत गर्छ भन्ने सम्मको जानकारी यसबाट पाउन सकिन्छ । यसले तपाइँलाई हुड, इन्धनको ढोका, स्पेयर टायर र अन्य विभिन्न विषयको वारेमा जानकारी प्रदान गर्नुका साथै गाडीलाई स्मुथ तरिकाले चलाउन आवश्यक सबै जानकारी उपलब्ध गराउछ ।

कारका सबै फिचरको वारेमा जानकारी लिन
आज उपलब्ध धेरै कारहरू एड्भान्स्ड टेक्नोलोजीले सुसज्जित छन् । एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ र यस्तै धेरै एक्टिभ सेफ्टी फिचर यी कारहरुमा उपलब्ध हुन्छन्, जुन १५ वर्ष पहिलेका कारमा थिएनन् ।

कार निर्माता कम्पनीहरुले यस्ता सबै फिचरको प्रयोग गरेर नै कार मालिकहरुले सहज यात्रा गरुन् भन्ने चाहना राखेका हुन्छन् । यो अवस्थामा यस्ता प्रविधिको वारेमा जानकारी लिनु पनि आवश्यक हुन्छ । यही कुरालाई विचार गरेर यस्ता सबै प्रविधिको वारेमा जानकारी लिनु आवश्यक हुन्छ । यसका लागि कारको वनर्स म्यानुअल सहयोगी हुन्छ ।

सामान्य समस्या निवारण गर्न जान्नु आवश्यक
तपाईंको कार कतै बीचमा रोकिएमा यो कठिन यात्रा हुन सक्छ । यो अवस्थामा के कारणले समस्या आएको हो भन्ने वारेमा जान्नु राम्रो हुन्छ । म्यानुअल पढ्दा र गाडीको वारेमा सबै कुरा थाहा भएमा के नमिलेको हो भन्ने कुरा थाहा पाउन सहज हुन्छ ।

आधुनिक गाडीमा भएका धेरै फिचरहरुले कतिपय अवस्थामा काम नगर्न सक्छन् । यो अवस्थामा कुन फिचरले कसरी काम गरेको छैन भन्ने कुरा थाहा पाउन म्यानुअलले सहयोग गर्छ । यो अवस्थामा सामान्य समस्या समाधान गर्न सहयोग पु¥याउछ ।

मर्मत सम्भार वारे ज्ञान
धेरै कार मालिकहरूले मेकानिकहरूलाई मर्मत सम्भार गर्न दिन्छन्, तर यदि तपाईंलाई आफ्नो गाडी चुस्त दुरुस्त कसरी राख्ने बारे थाहा छ भने यसले तपाईंलाई धेरै समय, पैसा र कार्य बचत गर्न सक्छ ।

म्यानुअलले तपाइँलाई तपाइँको कारको लागि कुन प्रकारको फ्लुइड उत्तम छन् भनेर बताउनेछ। यदि तपाईंको गाडीमा टायर प्रेसर मोनिटरिङ सिस्टम छ भने, म्यानुअलले तपाईंलाई यसले दिने सुविधा र कसरी प्रयोग गर्ने भन्ने बारे पनि बताउनेछ । कतिपय गाडीमा आयल चेन्ज रिमाइन्डर पनि हुन्छन् । यस्ता कुराहरु पनि जानकारी दिन्छन् ।

दुर्घटना भएमा
मृत्यु, कर र कार दुर्घटना जीवनका अनिवार्य तत्व हुन् भनिन्छ । सानो वा ठूलो जुनसुकै होस्, जीवनमा कार दुर्घटना पनि अपरिहार्य हुन्छ भनिन्छ ।

जब तपाईं कार दुर्घटनामा पर्नुहुन्छ, सानो वा ठूलो डर पैदा हुन्छ । यदि तपाईंले म्यानुअल पढ्नुभयो भने, आफ्नो जीवन बचाउन सक्ने सुविधाहरूको बारेमा थाहा पाउनुहुनेछ । म्यानुअलमा विभिन्न प्रविधि र त्यसको प्रयोगको वारेमा समेत जानकारी दिइएको हुन्छ । त्यसैगरी इमर्जेन्सीको समयमा ती सबै प्रविधिको प्रयोग कसरी गर्ने भन्ने वारेमा पनि जानकारी दिइएको हुन्छ । पहिले नै यी सबैको वारेमा जानकारी लिएमा सहज हुन्छ ।

अन्त्यमा
तपाईंको कारको वनर्स म्यानुअल वैकल्पिक पाठ्यसामग्री होइन । यो तपाईंको गाडीको अत्यावश्यक भाग हो जुन तपाईंले अध्ययन गर्नुपर्ने अनिवार्य सामग्री हो । त्यसैले म्यानुअललाई ध्यानपूर्वक पढ्नुहोस् र आफूलाई राम्रो कार मालिक बन्न मद्दत गर्नुहोस् । आफ्नो वरपरका सबैको सुरक्षाको ख्याल राख्ने थप जिम्मेवार मालिक बन्नुहोस् ।

सम्बन्धित समाचारहरू

देशभरका ६० हजार मेकानिक्सलाई खोपमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री तामाङको प्रतिबद्धता

देशभरका ६० हजार मेकानिक्सलाई खोपमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री तामाङको प्रतिबद्धता

काठमाडौं – स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा उपलब्ध हुने...

इतिहासमा आज : पहिलो मोटरसाइकल, गुडइयर टायर, लिंकन मोटर्स र मापसे जाँचको परीक्षण

इतिहासमा आज : पहिलो मोटरसाइकल, गुडइयर टायर, लिंकन मोटर्स र मापसे जाँचको परीक्षण

अटोमोबाइल इतिहासमा आज अर्थात अगस्त २९ को दिनलाई विशेष मानिन्छ । आजकै दिन...

जेसिबीको देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु, यस्तो छ छुट र सुबिधा

जेसिबीको देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु, यस्तो छ छुट र सुबिधा

काठमाडौं–जेसीबी उपकरणको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...