बहुतले पार्किङबाट निकाल्दा झ्यालमा झुन्डियो कार, भाइरल बन्यो भिडियो

रुसको मस्को शहरमा पोर्से मक्यान एसयूभी विचित्र तरिकाले दुर्घटनाग्रस्त भएको छ । सो एसयूभी घरको झ्यालमा झुन्डिएको अवस्थामा देखिएको छ । रिपोर्टअनुसार रूसी प्रो–हक्की खेलाडी डेनिस काजिनोभले आफ्नी पत्नी र छोरासँगै बहुतले पार्किङ स्ट्यान्डबाट आफ्नो कार निकाल्दै गर्दा उक्त घटना भएको थियो । उनले आफ्नो कार निकाल्ने समयमा चिप्लो सतहको कारण चिप्लिएको र कारको ब्रेक नरोकिएपछि पार्किङ गर्ने ठाउँबाट बाहिर निस्किएको थियो । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गइरहेको छ । सो एसयूभीले पार्किङ गर्ने ठाउँको कच्ची पर्खालमा प्वाल पारेको स्पष्ट देख्न सकिन्छ । यद्यपि यस घटनामा कसैलाई पनि चोट लागेको थिएन । वास्तवमा कार रोक्नको लागि एउटा मेटल बिमले मदत गरेको थियो । सो बिम एसयूभीको विन्डस्क्रिनसँग सम्पर्कमा आयो र अगाडिको चक्का झुन्डिएको थियो । दुर्घटनाको समयमा पार्किङ गर्ने ठाउँ वरपर त्रासको वातावरण थियो । हक्की खेलाडी डेनिस काजिनोभले उक्त भवनको पार्किङ गर्ने ठाउँमा एउटा मात्र पक्की पर्खाल रहेको र बाँकी तीनतिर पर्खाल निर्माण गरिएको बताए । हिउँ पनि पार्किङको भुइँमा जमेको थियो । जसको कारण कार रोकिएन र चिप्लिएको थियो । ती खेलाडीले आफूलाई भाग्यमानी ठानेको कुरा पनि बताए किनभने पर्खाल भत्किरहेको बेला कार खसेको थिएन, अन्यथा अप्रिय घटना हुने थियो ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...