यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...
महिन्द्राले भारतीय बजारमा बीई ६ई एसयूभी लन्च गरिसकेको छ । कम्पनीले सो कार आफ्नो नयाँ इङ्लो प्लेटफर्ममा तयार गरेको हो । महिन्द्रा बीई ६ई ले टाटा कर्भ ईभी सँग प्रतिस्पर्धा गर्ने भएको छ । महिन्द्रा बीई ६ई र टाटा कर्भ ईभीमा विभिन्न फिचर रहेका छन् ।
महिन्द्रा बीई ६ई गाडीमा उत्कृष्ट फिचर छ । कारलाई बोल्ड लुकमा ल्याइएको छ । कम्पनीले आफ्नो बोनेटमा बीईको लोगो राखेको छ । साथै, अगाडि सी आकारको डीआरएल र शार्प एलईडी हेडलाइट प्रदान गरिएको छ। यसमा डबल इन्टिग्रेटेड स्क्रिनको साथमा टु स्पोक स्टेयरिङ ह्विल र बीई लोगो रहेको छ । यसको क्याबिन थिम ब्ल्याक एण्ड ह्वाइट हो । महिन्द्रा बीई ६ई को रेन्ज ६८२ किलोमिटर छ ।
कम्पनीले यसमा ५९ किलोवाट र ७९ किलोवाटको दुई वटा ब्याट्री प्याक दिएको छ । यो कार डिसी १७५ किलोवाट फास्ट चार्जरबाट २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सेफ्टीका लागि यसमा ६ एयरब्याग, एडीएएस लेभल २ प्लस र ३६० डिग्री क्यामेरा जस्ता सेफ्टी फिचर प्रदान गरेको छ । महिन्द्रा बीई ६ई को प्रारम्भिक मूल्य १८ लाख ९० हजार भारु छ ।
टाटा कर्भ ईभीको स्पेसिफिकेशन पनि निकै राम्रो छ । कारमा स्प्लिट हेडल्याम्प, एलईडी लाइटिङ, एलईडी टेलबार र ड्युअल टोन अलोय ह्विल रहेको छ । यसको इन्टेरियरमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ, फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, रियर एसी भेन्ट्स र अटोमेटिक क्लाइमेट कन्ट्रोल छ ।
टाटा कर्भ ईभीको रेन्ज ५०२ किलोमिटर छ । यसमा ४५ किलोवाट र ५५ किलोवाट गरी दुई वटा ब्याट्री प्याक दिइएको छ । सेफ्टीका लागि यस कुपे एसयूभीमा एडीएएस प्रविधि उपलब्ध छ। साथै ६ वटा एयरब्याग, एबीएस, रियर क्यामेरा र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर प्रदान गरिएको छ । टाटा कर्भ ईभीको मूल्य १७ लाख ४९ हजार भारु छ ।
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...
काठमाडौं– महिन्द्रा गाडीमा बिक्रपछिको सेवा सम्हाल्दै आएको बालाजु अटो...
आगामी आर्थिक वर्षको बजेटमा ५१ देखी १०० किलोवाट मोटर क्षमताका ईभीमा भन्सार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...