स्विफ्टले उछिन्यो पन्चलाई, यस्तो छ भारतमा कार बिक्रीको नयाँ तथ्यांक
भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको...
महिन्द्राले भारतीय बजारमा बीई ६ई एसयूभी लन्च गरिसकेको छ । कम्पनीले सो कार आफ्नो नयाँ इङ्लो प्लेटफर्ममा तयार गरेको हो । महिन्द्रा बीई ६ई ले टाटा कर्भ ईभी सँग प्रतिस्पर्धा गर्ने भएको छ । महिन्द्रा बीई ६ई र टाटा कर्भ ईभीमा विभिन्न फिचर रहेका छन् ।
महिन्द्रा बीई ६ई गाडीमा उत्कृष्ट फिचर छ । कारलाई बोल्ड लुकमा ल्याइएको छ । कम्पनीले आफ्नो बोनेटमा बीईको लोगो राखेको छ । साथै, अगाडि सी आकारको डीआरएल र शार्प एलईडी हेडलाइट प्रदान गरिएको छ। यसमा डबल इन्टिग्रेटेड स्क्रिनको साथमा टु स्पोक स्टेयरिङ ह्विल र बीई लोगो रहेको छ । यसको क्याबिन थिम ब्ल्याक एण्ड ह्वाइट हो । महिन्द्रा बीई ६ई को रेन्ज ६८२ किलोमिटर छ ।
कम्पनीले यसमा ५९ किलोवाट र ७९ किलोवाटको दुई वटा ब्याट्री प्याक दिएको छ । यो कार डिसी १७५ किलोवाट फास्ट चार्जरबाट २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सेफ्टीका लागि यसमा ६ एयरब्याग, एडीएएस लेभल २ प्लस र ३६० डिग्री क्यामेरा जस्ता सेफ्टी फिचर प्रदान गरेको छ । महिन्द्रा बीई ६ई को प्रारम्भिक मूल्य १८ लाख ९० हजार भारु छ ।
टाटा कर्भ ईभीको स्पेसिफिकेशन पनि निकै राम्रो छ । कारमा स्प्लिट हेडल्याम्प, एलईडी लाइटिङ, एलईडी टेलबार र ड्युअल टोन अलोय ह्विल रहेको छ । यसको इन्टेरियरमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ, फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, रियर एसी भेन्ट्स र अटोमेटिक क्लाइमेट कन्ट्रोल छ ।
टाटा कर्भ ईभीको रेन्ज ५०२ किलोमिटर छ । यसमा ४५ किलोवाट र ५५ किलोवाट गरी दुई वटा ब्याट्री प्याक दिइएको छ । सेफ्टीका लागि यस कुपे एसयूभीमा एडीएएस प्रविधि उपलब्ध छ। साथै ६ वटा एयरब्याग, एबीएस, रियर क्यामेरा र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर प्रदान गरिएको छ । टाटा कर्भ ईभीको मूल्य १७ लाख ४९ हजार भारु छ ।
भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको...
महिन्द्राले आफ्नो इलेक्ट्रिक एसयूभी एक्सयूभी–४०० मा फिचर अपडेट गर्ने...
टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...