नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
एरिजोनाको ट्युसो फायर डिपार्टमेन्टले हालै भल्भो ग्रुपको सहयोगमा पहिलो इलेक्ट्रिक फायर ट्रक प्रदर्शन गरेको छ । सो फायर ट्रक पहिलो पटक २०१९ मा पेश गरिएको थियो ।
सो ट्रकले अग्नि नियन्त्रक गाडीमा क्रान्ति ल्याउने कम्पनीले दावी गरेको छ । यसलाई फायरट्रक वा टेस्ला पनि भनिन्छ । सो इलेक्ट्रिक फायरट्रकलाई भल्भोको पेन्टा इलेक्ट्रिक ड्राइभलाइन प्लेटफर्ममा निर्माण गरिएको छ । सो ट्रकमा लेटेस्ट फिचर समावेश गरिएको छ । यसमा सोनार, क्यामेरा र ड्रोन पनि जडान गरिएको छ ।
सो फायरट्रकको दुबै एक्सेलमा इलेक्ट्रिक मोटर समावेश गरिएको छ । यसको साथै ट्रकमा ६ सिलिन्डर डिजेल इन्जिन समावेश गरिएको छ । जसले आवश्यकता परेको बेलामा ब्याट्री चार्ज गर्न सकिन्छ । ट्रकको साथमा ५० केडब्ल्युएच र १०० केडब्ल्युएच ब्याट्रीको विकल्प रहेको छ । सो ट्रकले अधिकतम ४९० बीएचपीको पावर र ५००० एनएमको टर्क जेनेरेट गर्छ ।
सो इलेक्ट्रिक फायरट्रकले १५० किलोवाटको डीसी फास्ट चार्जिङ प्रदान गर्छ । १०० केडब्ल्युएचप ब्याट्री १ घन्टामा ५० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । यद्यपि सो ट्रक पुरै इलेक्ट्रिक होइन । यसलाई डेडिकेटेड इलेक्ट्रिक मोडमा चलाउन सकिन्छ ।
कम्पनीका अनुसार सो ट्रकको पिकअप अधिक रहेको छ । ट्रकमा उत्कृष्ट ह्यान्डलिङ, कार्यक्षमता र सुरक्षाको साथमा लोडिङ क्षमता र कम्प्याक्ट बडी उपलब्ध रहेको छ । कम्पनीले सो फायरट्रकमा इलेक्ट्रिक ड्राइभलाइनलाई सस्पेन्सन र हाइड्रोपोफिक च्यासिसको साथमा जोडेको छ । जसले सुरक्षा र सानदार ड्राइभिङ प्रदर्शन गर्छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...