क्यामेरा र ड्रोन भएको विश्वको पहिलो इलेक्ट्रिक फायर ब्रिगेड ट्रक

एरिजोनाको ट्युसो फायर डिपार्टमेन्टले हालै भल्भो ग्रुपको सहयोगमा पहिलो इलेक्ट्रिक फायर ट्रक प्रदर्शन गरेको छ । सो फायर ट्रक पहिलो पटक २०१९ मा पेश गरिएको थियो ।

सो ट्रकले अग्नि नियन्त्रक गाडीमा क्रान्ति ल्याउने कम्पनीले दावी गरेको छ । यसलाई फायरट्रक वा टेस्ला पनि भनिन्छ । सो इलेक्ट्रिक फायरट्रकलाई भल्भोको पेन्टा इलेक्ट्रिक ड्राइभलाइन प्लेटफर्ममा निर्माण गरिएको छ । सो ट्रकमा लेटेस्ट फिचर समावेश गरिएको छ । यसमा सोनार, क्यामेरा र ड्रोन पनि जडान गरिएको छ ।

सो फायरट्रकको दुबै एक्सेलमा इलेक्ट्रिक मोटर समावेश गरिएको छ । यसको साथै ट्रकमा ६ सिलिन्डर डिजेल इन्जिन समावेश गरिएको छ । जसले आवश्यकता परेको बेलामा ब्याट्री चार्ज गर्न सकिन्छ । ट्रकको साथमा ५० केडब्ल्युएच र १०० केडब्ल्युएच ब्याट्रीको विकल्प रहेको छ । सो ट्रकले अधिकतम ४९० बीएचपीको पावर र ५००० एनएमको टर्क जेनेरेट गर्छ ।

सो इलेक्ट्रिक फायरट्रकले १५० किलोवाटको डीसी फास्ट चार्जिङ प्रदान गर्छ । १०० केडब्ल्युएचप ब्याट्री १ घन्टामा ५० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । यद्यपि सो ट्रक पुरै इलेक्ट्रिक होइन । यसलाई डेडिकेटेड इलेक्ट्रिक मोडमा चलाउन सकिन्छ ।

कम्पनीका अनुसार सो ट्रकको पिकअप अधिक रहेको छ । ट्रकमा उत्कृष्ट ह्यान्डलिङ, कार्यक्षमता र सुरक्षाको साथमा लोडिङ क्षमता र कम्प्याक्ट बडी उपलब्ध रहेको छ । कम्पनीले सो फायरट्रकमा इलेक्ट्रिक ड्राइभलाइनलाई सस्पेन्सन र हाइड्रोपोफिक च्यासिसको साथमा जोडेको छ । जसले सुरक्षा र सानदार ड्राइभिङ प्रदर्शन गर्छ ।

सम्बन्धित समाचारहरू

८ वर्षको सफलता मनाउन याडिया ई८एस प्रोमा ऐतिहासिक छुट, मूल्यमा ४५ हजार कटौती

८ वर्षको सफलता मनाउन याडिया ई८एस प्रोमा ऐतिहासिक छुट, मूल्यमा ४५ हजार कटौती

काठमाडौं – लगातार ८वर्ष सम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे...

नेपाली बजारमा भित्रियो नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरिएन्ट

नेपाली बजारमा भित्रियो नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरिएन्ट

काठमाडौं – नेपाली बजारमा नेक्सन ईभीको नयाँ भेरिएन्ट ‘प्राइम’ भित्रिएको छ...

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...