विश्वकै ठूलो सोडियम आयोन ब्याट्री प्लान्ट बनाउँदै बिवाईडी

बिवाईडीले विश्वकै ठूलो सोडियम आयोन ब्याट्री प्लान्ट निर्माण गर्ने भएको छ । १.४ अर्व डलर लगानीमा निर्माण हुने सो नयाँ प्लान्टबाट बार्षिक ३० गिगावट आवर ब्याट्री उत्पादन हुने कम्पनीले जनाएको छ ।

नयाँ प्लान्टबाट उत्पादन हुने ब्याट्रीलाई माइक्रो ईभी र स्कुटरमा प्रयोग गर्ने कम्पनीको भनाई छ । बीवाइडीले हाल एलएफपी केमेस्ट्रिमा आधारित ब्लेड ब्याट्री उत्पादन गर्दै आएको छ । सोही ब्याट्रीलाई कम्पनीले आफ्नो ईभीमा प्रयोग गर्नुको साथै अन्य ईभी उत्पादकलाई समेत बिक्री गरिरहेको छ । कम्पनीले निकट भविष्यमै सोडियम आयोन ब्याट्री जडित कम लागतको ईभी ल्याउने योजना समेत बनाएको छ ।

बीवाइडीसंगै क्याटलले पनि सोडियम आयोन ब्याट्रीको विकासमा ठूलो लागनी गरिरहेको छ । क्याटलको सो ब्याट्री जडिक पहिलो ईभीका रुपमा चेरीले आई कार ब्रान्ड ल्याउने तयारी थालिसकेको छ । चीनकै अको ब्याट्री निर्माता हिनाले उत्पादन गरेको सोडियम आयोन ब्याट्री प्रयोग गरेर फक्सावागन र जेएसीको ज्वाइन्ट भेन्चर कम्पनी सिहोल ई१०एक्स मोडलको कार सार्बजनिक गरिसकेको छ ।

लिथियम आयोन ब्याट्रीको तुलानामा सुरिक्षत हुनुको साथै चिसो तापमानमा पनि राम्रो पर्फमेन्स दिन सक्ने विशेषताका कारण सोडियम आयोन ब्याट्रीको प्रयोग भबिष्यमा बढ्दै जाने अनुमान गरिएको छ । साथै सो ब्याट्रीको डिस्चार्ज रेट कम हुनु, उत्पादन लागत कम पर्नु र बातावरणमैत्री समेत हुने कारण यसको प्रयोग बढ्दै जाने देखिएको हो ।

सम्बन्धित समाचारहरू

बीवाईडीकाे प्रिमियम सब–ब्रान्ड याङवाङद्वारा ‘यू९’ सुपरकार सार्वजनिक

बीवाईडीकाे प्रिमियम सब–ब्रान्ड याङवाङद्वारा ‘यू९’ सुपरकार सार्वजनिक

बीवाईडीले आफ्नो पहिलो प्रिमियम सब–ब्रान्डअन्तर्गतको सम्पूर्ण...

बीवाईडीको भनाइ – चाइनिज न्यु इयर कपबाट दुई देशको मित्रता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनेको छ

बीवाईडीको भनाइ – चाइनिज न्यु इयर कपबाट दुई देशको मित्रता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनेको छ

काठमाडौं – बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच...

युरोपमा हाइब्रिड कारको बजार हिस्सा ३४.५ प्रतिशत, बीवाईडीको बिक्री ३ गुणा वृद्धि

युरोपमा हाइब्रिड कारको बजार हिस्सा ३४.५ प्रतिशत, बीवाईडीको बिक्री ३ गुणा वृद्धि

सन् २०२५ मा युरोपेली उपभोक्ताहरूका लागि हाइब्रिड–इलेक्ट्रिक सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...