बीवाईडीको क्रान्तिकारी उपलब्धि, इलेक्ट्रिक कार चार्ज गर्नु पेट्रोल भर्नु जत्तिकै सजिलो हुने संकेत

विश्वप्रसिद्ध इलेक्ट्रिक सवारी निर्माता बीवाईडीले आफ्नो नयाँ सुपर फास्ट चार्जिङ हुने प्रविधिमार्फत अटोमोबाइल संसारलाई चकित पारेको छ। रिपोर्टका अनुसार बीवाईडीको नयाँ इलेक्ट्रिक कारले केवल ५ मिनेट चार्ज गर्दा करिब ४०० किलोमिटर दूरी तय गर्न सक्ने दाबी गरेको छ ।

सो कार ७४६ किलोवाटको उच्च गतिमा चार्ज हुन्छ । यही प्रविधिको प्रयोगबाट कारले मात्र ४ मिनेट ४० सेकेन्डमै करिब ७० प्रतिशत ब्याट्री चार्ज गर्न सफल भएको छ । यो समय पेट्रोल पम्पमा इन्धन भर्न लाग्ने समयसँग लगभग बराबर मानिन्छ । यसले इलेक्ट्रिक कार र पेट्रोल कारबीच रहेको समयसम्बन्धी ठूलो अन्तरलाई झन्डै समाप्त गरिदिएको संकेत गर्छ ।

यति छिटो चार्ज सम्भव हुनुको मुख्य कारण बीवाईडीले विकास गरेको नयाँ सुपर ई–प्लेटफर्म प्रविधि हो । यो संसारकै पहिलो १००० भोल्ट क्षमताको इलेक्ट्रिक संरचना हो । हाल बजारमा उपलब्ध अधिकांश इलेक्ट्रिक कारहरू ४०० भोल्ट वा ८०० भोल्ट सिस्टममा आधारित छ, तर बीवाईडीले यसलाई अझ अगाडि बढाउँदै १००० भोल्टमा पुर्‍याएको छ। कम तापक्रममै बढी शक्ति प्रदान गर्न सक्नु यही प्रविधिको सबैभन्दा ठूलो विशेषता हो।

बीवाईडीले कार उत्पादनमै मात्र सीमित नहुँदै विश्वव्यापी रूपमा अत्यन्तै फास्ट चार्जिङ स्टेशनको सञ्जाल विस्तार गर्ने योजना पनि अघि बढाएको छ । कम्पनीले बेलायत र युरोपेली मुलुकमा आफ्ना चार्जिङ स्टेशनहरू विस्तार गर्ने तयारी गरिरहेको छ।

कम्पनीले आगामी वर्षको अन्त्यसम्म बेलायतमा ३०० उच्च क्षमताका चार्जिङ स्टेशन स्थापना गरिनेछ। यी चार्जिङ स्टेशनले अन्य कम्पनीका इलेक्ट्रिक कारहरू पनि चार्ज गर्न सक्नेछ, तर १००० किलोवाट क्षमताको पूर्ण फाइदा भने बीवाईडीको नयाँ सुपर ई–प्लेटफर्ममा आधारित कारले मात्र लिन सक्नेछ ।

सम्बन्धित समाचारहरू

बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड

बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड

बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई...

चीनमा गत वर्ष ३ करोड इलेक्ट्रिक कार बिक्री, ४९ लाख निर्यात

चीनमा गत वर्ष ३ करोड इलेक्ट्रिक कार बिक्री, ४९ लाख निर्यात

चिनियाँ अटोमोबाइल उद्योग संघले सन् २०२३ मा चीनमा सवारी साधनको उत्पादन र...

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...