बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन मस्कको टेस्लालाई उछिनेको छ । टेस्लाले सोही अवधिमा ९७.७ अर्ब डलर आम्दानी प्राप्त गरेको थियो । बीवाईडीको नाफा पनि ३४ प्रतिशत वृद्धि भई ५ अर्ब ५६ करोड डलर पुगेको छ ।

बीवाईडीले २०२४ को चौथो त्रैमासिकमा आफ्नो नाफा ७३ प्रतिशतले बढेको बताएको छ । कम्पनीले २०२४ मा आफ्नो वार्षिक आम्दानी १०० अर्ब डलर नाघ्ने पनि बताएको छ। यसरी यसले अमेरिकी अटो कम्पनी टेस्लालाई पछाडि पारेको छ। बीवाईडीको  सफलताको सबैभन्दा ठुलो कारण यसको कारको मूल्य पनि एक हो।

२०२४ मा बीवाईडीले विश्व बजारमा १७ लाख ९० हजार थान कार बेचेको छ । सोही अवधिमा टेस्लाको विक्री १७ लाख ६० हजार थान थियो । 

बीवाईडीले हालै क्विन एल ईभी सेडान कार लन्च गरेको छ, जुन टेस्ला मोडल ३ जस्तै देखिन्छ तर यसको मूल्य ४० प्रतिशत कम छ ।  साथै चिनियाँ अटो जायन्टले सुपर फास्ट ईभी चार्जिङ सिस्टम पनि सुरु गरेको छ । कम्पनीले यसबाट पेट्रोल पम्पमा तेल भरिए जस्तै छिटो गाडी चार्ज हुने बताएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी एम६ को खुल्यो बुकिङ, १ लाख ५० हजार नगद छुट

बीवाईडी एम६ को खुल्यो बुकिङ, १ लाख ५० हजार नगद छुट

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...

फोर्डलाई पछि पार्दै बीवाईडी बन्यो विश्वमा चौथो धेरै बिक्री हुने कार ब्रान्ड

फोर्डलाई पछि पार्दै बीवाईडी बन्यो विश्वमा चौथो धेरै बिक्री हुने कार ब्रान्ड

चिनियाँ अटो निर्माता बीवाईडी विश्वमा चौथो धेरै बिक्री हुने कार ब्रान्ड...

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...