डोर ह्यान्डलमा जोखिम, टेस्लासहित लाखौँ गाडी फिर्ता बोलाइयो
काठमाडौं–गाडीको डोर ह्यान्डलमा देखिएको सुरक्षा जोखिमका कारण टेस्ला, जिली,...
बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन मस्कको टेस्लालाई उछिनेको छ । टेस्लाले सोही अवधिमा ९७.७ अर्ब डलर आम्दानी प्राप्त गरेको थियो । बीवाईडीको नाफा पनि ३४ प्रतिशत वृद्धि भई ५ अर्ब ५६ करोड डलर पुगेको छ ।
बीवाईडीले २०२४ को चौथो त्रैमासिकमा आफ्नो नाफा ७३ प्रतिशतले बढेको बताएको छ । कम्पनीले २०२४ मा आफ्नो वार्षिक आम्दानी १०० अर्ब डलर नाघ्ने पनि बताएको छ। यसरी यसले अमेरिकी अटो कम्पनी टेस्लालाई पछाडि पारेको छ। बीवाईडीको सफलताको सबैभन्दा ठुलो कारण यसको कारको मूल्य पनि एक हो।
२०२४ मा बीवाईडीले विश्व बजारमा १७ लाख ९० हजार थान कार बेचेको छ । सोही अवधिमा टेस्लाको विक्री १७ लाख ६० हजार थान थियो ।
बीवाईडीले हालै क्विन एल ईभी सेडान कार लन्च गरेको छ, जुन टेस्ला मोडल ३ जस्तै देखिन्छ तर यसको मूल्य ४० प्रतिशत कम छ । साथै चिनियाँ अटो जायन्टले सुपर फास्ट ईभी चार्जिङ सिस्टम पनि सुरु गरेको छ । कम्पनीले यसबाट पेट्रोल पम्पमा तेल भरिए जस्तै छिटो गाडी चार्ज हुने बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...