टेस्लालाई चुनौती दिन बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभी ‘सङ अल्ट्रा’ आउँदै

बीवाईडीले टेस्लासँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित आफ्नो नयाँ र शक्तिशाली इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो डाइनास्टी सिरिज अन्तर्गत ‘बीवाईडी सङ अल्ट्रा ईभी’ नामक मोडल ल्याउने संकेत दिएको हो । सो नयाँ मोडलले विश्व बजारमा टेस्लाका गाडीहरूसँग सीधा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

सो एसयूभीको लम्बाइ ४८५० एमएम रहेको छ भने ह्विलबेस २८४० एमएम छ। यसले यात्रुहरूका लागि भित्री भागमा पर्याप्त ठाउँ र आराम प्रदान गर्ने कम्पनीको दाबी छ। समग्र डिजाइन आधुनिक र बलियो बनावटसहित तयार गरिएको बताइएको छ।

सङ अल्ट्रा ईभी विशेषगरी लामो दूरी यात्रा गर्ने प्रयोगकर्तालाई लक्षित गरी विकास गरिएको हो। यसको फ्रन्टमा जडान गरिएको शक्तिशाली इलेक्ट्रिक मोटरले करिब ३६२ हर्सपावर उत्पादन गर्नेछ। गाडी दुई फरक ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। पहिलो ७५.६ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले एकपटक चार्ज गर्दा करिब ६२० किलोमिटर दूरी तय गर्न सक्ने बताइएको छ। दोस्रो ८२.७ किलोवाट आवर क्षमताको ब्याट्रीले करिब ७१० किलोमिटर दूरी प्रदान गर्नेछ।

कारको छतमा लिडार सेन्सर जडान गरिएको छ । यसमा लेभल ३ एडास सिस्टम समावेश हुनेछ । साथै, अटोमेटिक पार्किङ सुविधा उपलब्ध हुने भएकाले साँघुरा स्थानमा पार्किङ गर्न सहज हुने अनुमान गरिएको छ।

सो नयाँ मोडल आधिकारिक रूपमा अझै सार्वजनिक भइसकेको छैन। कम्पनीले सो एसयूभी सन् २०२६ मा लन्च गर्ने तयारी गरेको जनाएको छ । चीनमा यसको अनुमानित मूल्य ३१ हजार ९०० देखि ३७ हजार ६०० डलर बिच रहने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

भारत प्रवेश गर्ने योजनामा लिप मोटर, नेपालमा टी–०३ छिट्टै लन्च हुने

भारत प्रवेश गर्ने योजनामा लिप मोटर, नेपालमा टी–०३ छिट्टै लन्च हुने

चिनियाँ ईभी निर्माता लिप मोटरले भारत प्रवेश गर्ने योजना बनाएको छ । मिडिया...

बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर

बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर

विश्व प्रसिद्ध चिनियाँ अटोमोटिभ ब्रान्ड बीवाईडी इटालीको प्रसिद्ध फुटबल...

भारतमा निर्मित टोयोटा कारलाई सेफ्टि टेष्टमा शून्य स्टार रेटिङ

भारतमा निर्मित टोयोटा कारलाई सेफ्टि टेष्टमा शून्य स्टार रेटिङ

भारतमा निर्मित टोयोटा स्टारलेटले ग्लोवल एनक्यापको क्र्यास टेष्टमा शून्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...