बीवाईडीको डेन्जा जेड सुपरकार बेइजिङ अटो शोमा

बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार प्रस्तुत गरेको छ। कम्पनीले डेन्जा जेड नामक इलेक्ट्रिक सुपरकार प्रदर्शन गरेको हो । टप स्पिड, कम तौल र स्मार्ट सिस्टमका कारण सो कार विशेष गरी युरोपेली लक्जरी सुपरकारसँग प्रतिस्पर्धा गर्न तयार पारिएको हो ।

डेन्जा जेडको सबैभन्दा उल्लेखनीय विशेषता यसको तीव्र गति हो । सो कारले २ सेकेन्डभन्दा कम समयमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सो इलेक्ट्रिक कारको इन्जिनले १,००० भन्दा बढी हर्सपावर उत्पादन गर्ने क्षमता राख्छ । यसले फरारी र बुगाटी जस्ता ब्रान्डसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

यसको सम्पूर्ण बडी र भित्री भाग कार्बन फाइबरबाट निर्माण गरिएको हुँदा यसको तौल निकै कम छ । यो कन्भर्टिबल इलेक्ट्रिक कार हो, जसले आवश्यकता अनुसार यसको छत खुला वा बन्द गर्न सकिन्छ । साथै यसमा एरोडाइनामिक एयर डक्ट प्रयोग गरिएको छ।

बीवाईडीको नयाँ फ्ल्यास चार्जिङ २.० प्रविधिको सहयोगमा सो कार केवल ५ मिनेटमै फुल चार्ज हुन्छ । फुल चार्जमा यसले करिब ५९९ किलोमिटरसम्म दुरी तय गर्न सक्छ । यसमा डिसस एम नामक उन्नत स्मार्ट सस्पेन्सन सिस्टम जडान गरिएको छ, जसले सडकको अवस्थाअनुसार कारको सन्तुलन र आरामलाई अटोमेटिक रूपमा समायोजन गर्छ । हाल सो सुपरकार जर्मनीको प्रसिद्ध नर्बरिङ ट्र्याकमा परीक्षण भइरहेको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

काठमाडौं – नेपालका लागि बीवाईडी इलेक्ट्रिक कारको आधिकारिक वितरक साइमेक्स...

बीवाईडी सिलायन ७ को बिक्री प्रारम्भ, मूल्य र फिचर यस्तो

बीवाईडी सिलायन ७ को बिक्री प्रारम्भ, मूल्य र फिचर यस्तो

काठमाडौं – बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...