बीवाईडी सिलायन ७ को बिक्री प्रारम्भ, मूल्य र फिचर यस्तो
काठमाडौं – बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७...
काठमाडौं– प्रिमियम एसयूभी याङवाङ यू८ काठमाडौंस्थित बीवाइडी शोरुममा देखिएको छ । बीवाइडीको सब–ब्राण्ड याङवाङ नामले बिक्री हुँदै आएको यू८ फुल साइज लक्जरी एसयूभी हो । चिनियाँ पर्यटकले नेपाल ल्याएको यो नयाँ कार प्लग–इन–हाइब्रिड सिस्टमको हो । यू८ लाई बीवाईडीले सन् २०२३ को जनवरीमा लन्च गरेको थियो ।
५ वटा ढोका भएको यू८ लाई कम्पनीले ई४ प्लेटफर्मममा तयार पारेको हो । बीवाईडी आँफैले विकास गरेको २.० लिटर टर्वो पेट्रोल इन्जिन जडान गरिएको यो शक्तिशाली एसयूभीमा २२० किलोवाट आवर क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसको संयुक्त पावर १ हजार १९६ पिएस र टर्क १ हजार २८० एनएम छ । यू८ लाई प्रतिघण्टा २०० किलोमिटरको गतिमा हाँक्न सकिन्छ । यसमा अल ह्विल ड्राइभ सिस्टम दिइएको छ ।

याङवाङ यू८ मा ४९.०५ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ । जसको इलेक्ट्रिक रेन्ज १८० किलोमिटर र संयुक्त रेन्ज १ हजार किलोमिटर दावी गरिएको छ । एसयूभीको लम्बाई ५ हजार ३१९ एमएम, चौडाई २ हजार ५० एमएम र उचाई १ ९३० एमएम तथा ह्विलवेश ३ हजार ५० एमएम छ । यसलाई पानीको सतहमाथी ३ किलोमिटर प्रतिघण्टाको गतिमा ३० मिनेटसम्म चलाउन सकिन्छ ।
एसयुभीको ड्यासबोर्डमा २३.६ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, १२.८ इन्चको भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम र अगाडी वस्ने प्यासेन्जरका लागी अर्को २३.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन दिइएको छ । साथै, यसमा अर्को ७० इन्चको हेड–अप–डिस्प्ले समेत राखिएको छ ।
कारमा तीनवटा वायरलेस चार्जर, थर्मोग्राफिक क्यामेरा र स्याटेलाइट फोनको सुविधा समेत दिइएको छ । सुरक्षाका लागि यसमा लेभल–२ एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम उपलब्ध छ । कारमा १३ वटा क्यामेरा, १२ वटा अल्ट्रा सोनिक राडर र ५ वटा मिलिमिटर वेभ राडार राखिएको छ ।
काठमाडौं – बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७...
मार्केट रिसर्च एजेन्सी काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको पछिल्लो...
युरोपमा पहिलो पटक टेस्ला भन्दा बढी कार बिक्री गरेर चिनियाँ कार निर्माता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...