अटो शोमा बीवाईडीले नयाँ कार ‘सिलायन–०७’ प्रदर्शन गर्ने

काठमाडौं– बीवाईडीले नाडा अटो शो २०२४ मा प्रदर्शनीका लागि नयाँ विद्युतीय कार ल्याएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ कार भित्र्याएको हो ।

मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०२४ मा प्रदर्शनीका लागि साइमेक्सले बीवाईडी सिलायन–०७ ल्याएको छ । कम्पनीले यो नयाँ विद्युतीय कार तत्काल बिक्रीका लागि नभइ अटो शोमा प्रदर्शनीमा राख्ने छ । मिडसाइज एसयूभी सिलायन बीवाईडीले २०२३ नोभेम्बरमा पहिलो पटक सार्वजनिक गरेको थियो ।

सिलायनको इन्टेरियरमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्कृन छन् । साथै यसमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।

त्यसैगरी भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ ।कारको लम्बाइ ४८ सय ३० एमएम, चौडाइ १९ सय २५ एमए, उचाइ १६ सय २० एमएम रहेको छ भने यो विद्युतीय एसयूभीको ह्वील वेस २९ सय ३० एमएम रहेको छ ।

सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा उपलब्ध छ । चीनमा सिलायन सेभेन स्ट्यान्डर्डले एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।

हाल बीलाईडीले नेपाली बजारमा एटो थ्री, डलफिन र सिल सेडान कार बिक्री गर्दै आएको छ । कम्पनीले केहीदिन अघि एटो थ्रीको २०२४ भर्सन सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्षका बलिया प्रत्याशी करण : युवा जोश र अनुभवको फ्युजन

नाडा अध्यक्षका बलिया प्रत्याशी करण : युवा जोश र अनुभवको फ्युजन

केही दिन पहिले आफ्नो प्यानल घोषणा कार्यक्रममा अटोमोबाइल व्यवसायी करण...

पोखराका व्यवसायीसँग ध्रुव थापा टिमको अन्तरक्रिया : अटो जोन निर्माणमा लाग्न आग्रह

पोखराका व्यवसायीसँग ध्रुव थापा टिमको अन्तरक्रिया : अटो जोन निर्माणमा लाग्न आग्रह

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै...

चर्चामा बीवाडीको नयाँ हाइब्रिड सेडान, प्रतिस्पर्धी भन्दा आधाले सस्तो

चर्चामा बीवाडीको नयाँ हाइब्रिड सेडान, प्रतिस्पर्धी भन्दा आधाले सस्तो

विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक बीवाइडीले एकपछि अर्को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...