ब्याट्री साइज, रेन्ज र मूल्य घटेर आयो बीवाइडी डल्फिनको ईन्ट्रि लेबल भेरिएन्ट
बीवाइडी डल्फिनको अनर एडिसन चीनमा लन्च भएको छ । सो नयाँ एडिसनमा कम्पनीले ३२...
बीवाईडीले जापानको साना तथा साँघुरा सडकलाई लक्षित गर्दै नयाँ सानो इलेक्ट्रिक कार ‘र्याक्को’ लन्च गर्ने तयारी गरेको छ। जापानी भाषामा र्याक्को शब्दको अर्थ समुद्री जीव हो ।
जापानका कडा सवारी मापदण्डअनुसार निर्माण गरिएको सो कारको लम्बाइ केवल ३३९५ एमएम रहेको छ। आकारमा सानो भए पनि यसको उचाइ र बक्स शैलीको डिजाइनले भित्री भागमा पर्याप्त ठाउँ उपलब्ध छ । सहरको भीडभाड, ट्राफिक र साँघुरा सडकलाई ध्यानमा राखेर तयार गरिएको सो मोडल चलाउन र पार्किङ गर्न सहजता प्रदान गर्ने कम्पनीको दाबी छ।
र्याक्को दुई फरक ब्याट्री क्षमतामा उपलब्ध हुनेछ। २० किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटक पूर्ण चार्ज गर्दा करिब १८० देखि २०० किलोमिटर दूरी तय गर्न सक्नेछ, जुन दैनिक शहरी यात्राका लागि उपयुक्त मानिएको छ। त्यस्तै ३० किलोवाट आवर क्षमताको विकल्पले करिब ३०० किलोमिटर दूरी पार गर्न सक्ने भएकाले लामो दूरीका यात्रुका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ।
रिपोर्टअनुसार यसले १०० किलोवाटसम्मको डिसी चार्जिङ सिस्टमलाई समर्थन गर्न सक्छ । जापानमा यसको सुरुवाती मूल्य करिब २५ लाख जापानी येन रहने अनुमान गरिएको छ । सो कारले निसान र मित्सुबिशी जस्ता जापानी ब्रान्डका इलेक्ट्रिक मोडललाई चुनौती दिनेछ।
बीवाइडी डल्फिनको अनर एडिसन चीनमा लन्च भएको छ । सो नयाँ एडिसनमा कम्पनीले ३२...
काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...
यो वर्षको अप्रिल महिनामा चीनमा बिक्री भएका न्यु इनर्जी भेइकलमा बीवाईडीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...