नाडा अटो शोमा प्रदर्शन गरिएको बीवाईडी सिलायन ७ भारत मोबिलिटी ग्लोबल एक्सपोमा प्रदर्शन हुँदै

बीवाईडीले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५  मा नयाँ इलेक्ट्रिक मोडेल सिलायन ७ प्रदर्शन गर्ने पुष्टि भएको छ । सो इलेक्ट्रिक एसयूभी अन्तर्राष्ट्रिय बजारमा पहिले नै बिक्रीको लागि उपलब्ध छ ।

नेपालमा समेत गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२४ मा सो ईभी प्रदर्शन गरिएको थियो । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सो ईभी प्रदर्शन गरेको थियो ।

बीवाईडी सिलायन ७ को एक्टेरियर डिजाइन अन्तर्राष्ट्रिय मोडल बीवाईडी सिलसँग मिल्दोजुल्दो छ, जुन मार्च २०२४ मा भारतमा लन्च गरिएको थियो । यसमा सिल ईभीको जस्तो हेडलाइट युनिट, ब्ल्याक अफ ग्रिल र ब्ल्याक रियर बम्पर उपलब्ध गराइनेछ । राइडिङका लागि यसमा २० इन्चको अलोय ह्विल उपलब्ध छ ।

सो एसयूभीको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम र ह्विलबेस २९३० एमएम छ । यसमा ५२० लिटरको बुट स्पेस छ । सो एसयूभीलाई कुपे लुकका लागि ट्यापर्ड रूफलाइन दिइएको छ । यसमा सिल ईभी जस्तै कनेक्टेड एलईडी टेललाइट प्रदान गरिएको छ ।

बीवाईडी सिलायन ७ ईभी अन्तर्राष्ट्रिय मोडलमा ८२.५ किलोवाट र ९१.३ किलोवाट ब्याट्री प्याक विकल्पमा उपलब्ध छ । युरोपेली डब्ल्यूएलटीपी परीक्षणमा रियर-ह्विल ड्राइभ भेरिएन्टको रेन्ज ४८२ किलोमिटर, फोर-ह्विल ड्राइभ मोडलको रेन्ज ४५५ किलोमिटर र टप स्पेक ट्रिमको रेन्ज लगभग ५०० किलोमिटर छ । यसले ४.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ र यसको टप स्पिड २१५ किलोमिटर प्रतिघण्टा छ। यद्यपि भारतीय बजारमा आउने बीवाईडी सिलायन ७ ईभीको पावरट्रेन विवरण खुलासा गरेको छैन ।

बीवाईडी सिलायन ७ को इन्टेरियर निकै प्रिमियम देखिन्छ । यसमा १५.६ इन्चको टचस्क्रिन दिइएको छ । साथै क्याबिनमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४-स्पोक स्टेयरिङ ह्विल र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम दिइएको छ । यसको सेन्टर कन्सोल बीवाईडी सिलसँग मिल्दोजुल्दो छ र यसमा ड्राइभ सिलेक्टर नब, ड्राइभ र टेरेन मोडका लागि बटन, दुई कपहोल्डर र सेन्टर आर्मरेस्ट दिइएको छ ।

यसमा प्यानोरामिक ग्लास रूफ, हिटेड स्टेयरिङ ह्विल, भेन्टिलेटेड र पावर एडजस्टेबल फ्रन्ट सिट, ड्युअल जोन अटो एसी, भेइकल टु लोड, एम्बियन्ट लाइटिङ, हेड-अप डिस्प्ले जस्ता फिचर समावेश छ । सेफ्टीका लागि यसमा ९ एयरब्याग, ३६० डिग्री क्यामेरा, अगाडि र पछाडिको पार्किङ सेन्सर, आईसोफिक्स चाइल्ड सिट माउन्ट र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध गराउन सकिन्छ। साथै यसमा एडास टेक्नोलोजी पनि छ ।

सम्बन्धित समाचारहरू

हरिबंश किन गएनन् ६ महिना सम्म पेट्रोल पम्प ? पम्प धनीले किन हेर्छन् छड्के आँखाले उनलाई ?

हरिबंश किन गएनन् ६ महिना सम्म पेट्रोल पम्प ? पम्प धनीले किन हेर्छन् छड्के आँखाले उनलाई ?

कलाकार हरिबंश आचार्य आफैमा रमाइला छन् । यो सबैलाई थाहा भएकै कुरा हो । केही...

विश्वमा बिक्री भएका टप १० ईभी मध्ये ५ बीवाईडी र २ टेस्लाका इलेक्ट्रिक कार

विश्वमा बिक्री भएका टप १० ईभी मध्ये ५ बीवाईडी र २ टेस्लाका इलेक्ट्रिक कार

मार्केट रिसर्च एजेन्सी काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको पछिल्लो...

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपेली कार बजार तीव्र गतिमा रूपान्तरण हुँदै गएको छ। रिपोर्टका अनुसार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...