ग्रीन एनक्यापको टेष्टमा बीवाइडी एट्टो३ ले पायो ५ स्टार रेटिङ
ग्रीन एनक्यापले यूरोपमा गरेको टेष्टमा बीवाइडी एट्टो३ ले ५ स्टार रेटिङ...
बीवाईडीले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा नयाँ इलेक्ट्रिक मोडेल सिलायन ७ प्रदर्शन गर्ने पुष्टि भएको छ । सो इलेक्ट्रिक एसयूभी अन्तर्राष्ट्रिय बजारमा पहिले नै बिक्रीको लागि उपलब्ध छ ।
नेपालमा समेत गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२४ मा सो ईभी प्रदर्शन गरिएको थियो । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सो ईभी प्रदर्शन गरेको थियो ।
बीवाईडी सिलायन ७ को एक्टेरियर डिजाइन अन्तर्राष्ट्रिय मोडल बीवाईडी सिलसँग मिल्दोजुल्दो छ, जुन मार्च २०२४ मा भारतमा लन्च गरिएको थियो । यसमा सिल ईभीको जस्तो हेडलाइट युनिट, ब्ल्याक अफ ग्रिल र ब्ल्याक रियर बम्पर उपलब्ध गराइनेछ । राइडिङका लागि यसमा २० इन्चको अलोय ह्विल उपलब्ध छ ।
सो एसयूभीको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम र ह्विलबेस २९३० एमएम छ । यसमा ५२० लिटरको बुट स्पेस छ । सो एसयूभीलाई कुपे लुकका लागि ट्यापर्ड रूफलाइन दिइएको छ । यसमा सिल ईभी जस्तै कनेक्टेड एलईडी टेललाइट प्रदान गरिएको छ ।
बीवाईडी सिलायन ७ ईभी अन्तर्राष्ट्रिय मोडलमा ८२.५ किलोवाट र ९१.३ किलोवाट ब्याट्री प्याक विकल्पमा उपलब्ध छ । युरोपेली डब्ल्यूएलटीपी परीक्षणमा रियर-ह्विल ड्राइभ भेरिएन्टको रेन्ज ४८२ किलोमिटर, फोर-ह्विल ड्राइभ मोडलको रेन्ज ४५५ किलोमिटर र टप स्पेक ट्रिमको रेन्ज लगभग ५०० किलोमिटर छ । यसले ४.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ र यसको टप स्पिड २१५ किलोमिटर प्रतिघण्टा छ। यद्यपि भारतीय बजारमा आउने बीवाईडी सिलायन ७ ईभीको पावरट्रेन विवरण खुलासा गरेको छैन ।
बीवाईडी सिलायन ७ को इन्टेरियर निकै प्रिमियम देखिन्छ । यसमा १५.६ इन्चको टचस्क्रिन दिइएको छ । साथै क्याबिनमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४-स्पोक स्टेयरिङ ह्विल र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम दिइएको छ । यसको सेन्टर कन्सोल बीवाईडी सिलसँग मिल्दोजुल्दो छ र यसमा ड्राइभ सिलेक्टर नब, ड्राइभ र टेरेन मोडका लागि बटन, दुई कपहोल्डर र सेन्टर आर्मरेस्ट दिइएको छ ।
यसमा प्यानोरामिक ग्लास रूफ, हिटेड स्टेयरिङ ह्विल, भेन्टिलेटेड र पावर एडजस्टेबल फ्रन्ट सिट, ड्युअल जोन अटो एसी, भेइकल टु लोड, एम्बियन्ट लाइटिङ, हेड-अप डिस्प्ले जस्ता फिचर समावेश छ । सेफ्टीका लागि यसमा ९ एयरब्याग, ३६० डिग्री क्यामेरा, अगाडि र पछाडिको पार्किङ सेन्सर, आईसोफिक्स चाइल्ड सिट माउन्ट र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध गराउन सकिन्छ। साथै यसमा एडास टेक्नोलोजी पनि छ ।
ग्रीन एनक्यापले यूरोपमा गरेको टेष्टमा बीवाइडी एट्टो३ ले ५ स्टार रेटिङ...
कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...
काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...