औद्योगिक रेल लोकोमोटिभका लागि ब्लेड ब्याट्री विकास गर्दै बीवाईडी

काठमाडौँ–बीवाइडीको ब्याट्री सहायक कम्पनी फिनड्रिम्स ब्याट्रीले औद्योगिक तथा खानी क्षेत्रमा प्रयोग हुने रेल लोकोमोटिभका लागि ब्लेड ब्याट्री प्रणाली विकास गर्न चाङसा फुसेङ टेक्नोलोजीसँग रणनीतिक सम्झौता गरेको छ ।

बीवाइडीको शेन्जेनस्थित पिसान मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच सेप्टेम्बर ७ मा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । यस सहकार्यको मुख्य उद्देश्य औद्योगिक कलकारखाना, खानी तथा रेलवे यार्डहरूमा सामान ओसारपसार र सांटिङका लागि प्रयोग हुने लोकोमोटिभहरूमा अटोमोटिभ–ग्रेड ब्लेड ब्याट्रीको प्रयोग बढाउनु रहेको छ ।

सम्झौता अनुसार फिनड्रिम्स ब्याट्रीले ब्याट्रीको अनुसन्धान, विकास र उत्पादनको जिम्मेवारी सम्हाल्नेछ भने चाङसा फुसेङ टेक्नोलोजीले आफ्ना ब्याट्री व्यवस्थापन प्रणाली र इलेक्ट्रोनिक कन्ट्रोल प्रविधिको प्रयोग गर्दै प्रणाली एकीकरण र एप्लिकेसन विकासमा काम गर्नेछ ।

यद्यपि दुवै पक्षले यो सम्झौताको कुल आर्थिक रकम, उपलब्ध गराइने ब्याट्रीको परिमाण, लोकोमोटिभको विस्तृत विवरण वा व्यावसायिक सञ्चालनको समयतालिकाबारे भने केही खुलाएका छैनन् ।

बीवाइडीका लागि रेल लोकोमोटिभ क्षेत्र नयाँ भए पनि खानी र औद्योगिक यातायातका लागि कम्पनीले यसअघि पनि विभिन्न सहकार्य गर्दै आएको छ । फिनड्रिम्सले सेप्टेम्बर ५ मा जिरो कार्बन इन्जिन टेक्नोलोजी ग्रुपसँग मंगोलियामा इलेक्ट्रिक माइनिङ ट्रकहरू सञ्चालन गर्ने सम्झौता गरेको थियो भने जुन महिनामा शेन्जेनमा ४२४ किलोवाट आवरको ब्लेड ब्याट्रीयुक्त १०० वटा टी३१ इलेक्ट्रिक डम्प ट्रकहरू हस्तान्तरण गरिसकेको छ ।

हाल चीनको ब्याट्री बजारमा १८ प्रतिशत सेयरसहित दोस्रो स्थानमा रहेको बीवाइडीले आफ्नो प्रविधिलाई सवारी साधनभन्दा बाहिर औद्योगिक क्षेत्रमा पनि विस्तार गर्ने रणनीति लिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...