अटो उद्योगलाई ईभीमा सिफ्ट गर्न टेस्ला र बीवाईडी मिल्नु आवश्यक–बीवाईडी कार्यकारी उपाध्यक्ष ली

बीवाईडी विश्वको सबैभन्दा धेरै ईभी निमाण गर्ने कम्पनी हो । विगत पाँच वर्षमा, यसले आफूलाई एक प्रमुख अटोमोटिभ जायन्टका रूपमा स्थापित गर्न गर्न सफल भएको छ । बीवााईडीसंग अहिले टेस्लाले कडा प्रतिस्पर्धा गरिरहेको छ ।

यी दुई ब्रान्ड एकअर्काका प्रतिस्पर्धी भएपनि ईभी बजारलाई उच्च रफ्तारमा विस्तार गर्न एकआपसमा मिल्नुपर्ने धारण बीवाईडीका कार्यकारी उपाध्यक्ष स्टेला लीले राखेकी छिन् ।

उनका अनुसार, दुवै कार निर्माताहरू एकसाथ अघि बढ्ने हो भने भबिष्यमा आईसिई कारको बजारलाई पूर्ण रुपमा ईभीमा सिफ्ट गर्न सकिन्छ । फाइनान्सियल टाइम्ससँगको एक अन्तर्वार्तामा, उनले भनिन्, ‘हाम्रो साझा शत्रु आईसीई कार हो । यस्तो अवसथमा उद्योगलाई परिवर्तन गर्न हामीले सँगै काम गर्न आवश्यक छ ।’

लीले टेस्लासँग मिलेर नयाँ सवारी साधनको सह–विकास गर्ने कुरा गरिरहेकी छैनन् । बरु, उनी विश्वास गर्छिन् कि ईभी निर्माताहरूले अटो उद्योगलाई अगाडि बढाउन सँगै काम गर्न सक्छन् ।

उनले चिनियाँ कार बजार ’नवप्रवर्तनको लागि मातृभूमि’ भएको र युरोपेली संघ र अमेरिकासँग बढ्दो मतभेदका बाबजुद पनि सरकारले चीनमा विस्तार गर्न चाहने विदेशी कम्पनीहरूलाई सहयोग गर्ने बताइन् ।

युरोपेली संघले बीवाईडी र अन्य चिनियाँ ईभी निर्माताहरूमा शुल्क लगाएको छ र अनुदानको बदलामा चिनियाँ कम्पनीहरूलाई बौद्धिक सम्पत्ति युरोपेली व्यवसायहरूमा हस्तान्तरण गर्न दबाब दिइरहेको छ । अर्कोतर्फ, चिनियाँ सरकारले स्थानीय कम्पनीहरूलाई विदेशी निर्माताहरूमा आफ्नो लगानी सीमित गर्न सक्रिय रूपमा प्रोत्साहित गरिरहेको छ ।

युरोपेली आयोगले युरोपेली बजारमा चीनको वृद्धि उत्पादन प्रक्रियाभरि विभिन्न अनुदानहरूको कारणले भएको बताएको छ । यसमा राज्य–स्वामित्वमा रहेका उद्यमहरूबाट छुट प्राप्त लिथियम र ब्याट्री आपूर्ति, कर छुट, राज्य–नियन्त्रित बैंकहरूबाट अनुकूल वित्तपोषण, र कारखानाहरू निर्माण गर्न सस्तो जग्गा पनि समावेश छ । यी समस्याहरूको बावजुद, बीवाईडीले हंगेरी र टर्कीमा प्लान्टका लागि आफ्नो योजनालाई अगाडि बढाइरहेको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन यही वर्ष आउने, इनर्जी डेन्सिटी बढ्ने

बीवाईडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन यही वर्ष आउने, इनर्जी डेन्सिटी बढ्ने

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीलाई ब्याट्री उपलब्ध...

मोटरस्पोर्ट प्रवेशको तयारीमा बीवाईडी, फर्मुला वान प्रवेशको सम्भावना

मोटरस्पोर्ट प्रवेशको तयारीमा बीवाईडी, फर्मुला वान प्रवेशको सम्भावना

चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले विश्वकै उच्चस्तरीय...

बीवाईडीको एसेम्बलिङ प्लान्ट पाकिस्तानमा पनि विस्तार हुँदै, अर्को वर्ष सञ्चालनमा आउने

बीवाईडीको एसेम्बलिङ प्लान्ट पाकिस्तानमा पनि विस्तार हुँदै, अर्को वर्ष सञ्चालनमा आउने

चिनियाँ अटो निर्माता बीवाईडीले पाकिस्तामा एसेम्बलिङ प्लान्ट सञ्चालनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...