विद्युतीय गाडीको इतिहास : १९ औँ शताब्दीको प्रविधिबाट आधुनिक क्रान्तिसम्म
आज विश्वभर विद्युतीय सवारी साधन (ईभी को प्रयोग तीव्र रूपमा बढिरहेको छ ।...
चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले आफ्नो सब–ब्रान्ड फाङचेङबाओ सार्वजनिक गरेको छ । यससँगै कम्पनीले ड्युअल मोड अफरोड (डीएमओ) सुपर हाइब्रिड प्लेटफर्म समेत सार्वजनिक गरेको छ । यसको पहिलो मोडलको रुपमा सुपर हाइब्रिड अफरोड एसयूभी ‘बाओ ५’ समेत सार्वजनिक गरिएको छ । फाङचेङबाओले बाओ ५ का साथमा दुई कन्सेप्ट कार बाओ ८ र बाओ ३ समेत सार्वजनिक गरेको छ ।
नयाँ ब्रान्ड फाङचेङबाओ दुई शब्द मिलेर बनेको छ फाङचेङ र बाओ । फाङचेङको अर्थ फर्मुला र बाओको अर्थ लियोपार्ड हुन्छ । लियोपार्ड जस्तै तीव्र गतिमा दौडिने फर्मुलाका साथ निर्माण गरिने सवारी साधनको अर्थमा यो नाम राखिएको हुन सक्छ ।
बीवाईडीको सब–ब्रान्डको रुपमा रहेको फाङचेङबाओद्वारा उत्पादन गरिने सवारी साधन महत्वपूर्ण हुने अनुमान गरिएको छ । डीएमओ सुपर हाइब्रिड प्लेटफर्म प्रयोग गरिने ती सवारी साधनमा ब्लेड ब्याट्री र हाइ–स्ट्रेन्थ स्टिल फ्रेमको प्रयोग गरिने छ । त्यसैगरी यसमा प्रयोग गरिने सेल टु च्यासिस (सीटीसी) टेक्नोलोजीले अफरोडको अवस्थामा ब्याट्रीलाई सुरक्षित राख्नुका साथै समग्र सवारी साधन नै सुरक्षित बनाउछ ।
बीवाईडी विश्वकै सबैभन्दा प्रतिष्ठित ईभी निर्माता कम्पनीको रुपमा रहेको छ । नेपालमा समेत बीवाईडीका सवारी साधनहरु बिक्री भइरहेका छन् । भविष्यमा नयाँ सब–ब्रान्ड फाङचेङबाओका उत्पादन समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...