बीवाईडी राकोका कारण जापानको के–कार बजार खतरामा–सुजुकी
२०२५ टोकियो मोटर शोमा बीवाईडीले आफ्नो पहिलो के–कार राकोको डेब्यू गरेसंगै...
बीवाईडीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ सवारी साधन बिक्री गरी रेकर्ड कायम गरेको छ । गत वर्ष अर्थात सन् २०२३ मा बीवाईडीले संसारभर ३० लाख २४ हजार ४१७ गाडी बिक्री गर्न सफल भएको थियो । यो संख्या सन् २०२२ को तुलनामा ६१.८ प्रतिशत बढी थियो भने अब २०२३ को तुलनामा २०२४ मा ४१.३ प्रतिशत बढी गाडी बिक्री भएका छन् । यस अनुसार बीवाईडीले पहिलो पटक ४० लाख भन्दा बढी कार बिक्री गरेको पहिलो रेकर्ड समेत कायम भएको छ ।
बीवाईडीले लगातार रुपमा सवारी साधन बिक्रीमा उल्लेख्य प्रगति गरिरहेको छ । वर्षको अन्तिम महिना डिसेम्बरमा बीवाईडीले ५ लाख १४ हजार ८०९ न्यु इनर्जी भेइकल (एनईभी) बिक्री गरेको छ, जुन लगातार रुपमा ५ लाख भन्दा बढी एनईभी बिक्री गरेको तेस्रो रेकर्ड महिना हो । यो भन्दा पहिले नोभेम्बर र अक्टोबरमा पनि ५ लाख भन्दा बढी एनईभी बिक्री भएका थिए ।
सन् २०२४ मा बिक्री भएका यी कार मध्ये १७ लाख ६४ हजार ९९२ प्यासेन्जर बीईभी अर्थात ब्याट्री इलेक्ट्रिक भेइकल छन् । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी हो । त्यसैगरी बीवाईडीले २४ लाख ८५ हजार ३७८ पीएचईभी अर्थात प्लग–इन हाइब्रिड भेइकल बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७२.८ प्रतिशत बढी हो ।
समग्रमा २०२४ मा बिक्री भएका बीवाईडीका सवारी साधन मध्ये ४१.५ प्रतिशत अल–इलेक्ट्रिक भेइकल छन् भने ५८.५ प्रतिशत प्लग–इन हाइब्रिड छन् ।
बीवाईडी सन् २०२२ को अप्रिल देखि नै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको उत्पादन बन्द गरी न्यु इनर्जी भेइकल उत्पादनमा मात्र केन्द्रित छ । न्यु इनर्जी भेइकल अन्तर्गत बीईभी, पीएचईभी र एफसीईभी अर्थात हाइड्रोजनबाट चल्ने सवारी साधन पर्छन् । बीवाईडीको एफसीईभी उत्पादन भने कम छ ।
बीवाईडीले बिक्री गरेका सवारी साधनमा प्यासेन्जर र कमर्सियल सवारी साधन संलग्न छन् । २०२४ मा बीवाईडीले ४२ लाख ५० हजार ३७० युनिट प्यासेन्जर कार बिक्री गरेको छ भने २१ हजार ७७५ युनिट कमर्सियल सवारी साधन बिक्री गरेको छ ।
बीवाईडीका सवारी साधन मध्ये अधिकांश चीनमै बिक्री भएका छन् । चीन वाहिर यो वर्ष ४ लाख १७ हजार २०४ सवारी साधन बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७१.९ प्रतिशत बढी हो ।
नेपालमा समेत बीवाईडीका सवारी साधन लोकप्रिय छन् । नेपाली बजारमा बीवाईडीको आधिकारिक वितरकको रुपमा साइमेक्स इंकले अल न्यु ई६, एम६, डल्फिन, एट्टो ३ र सिल बिक्री गर्दै आएको छ । हालै एम६ मोडल भित्रिएको छ भने पहिले देखि एट्टो ३ र डल्फिन लगायतका मोडल लोकप्रिय छन् । नेपाली बजारमा बीवाईडीका ६ हजार सवारी साधन बिक्री भएका छन् ।
२०२५ टोकियो मोटर शोमा बीवाईडीले आफ्नो पहिलो के–कार राकोको डेब्यू गरेसंगै...
पूजा कन्स्ट्रक्सन नेपालले प्रदर्शनीमा राखेको एसआरएम ब्रान्डका विद्युतीय...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...