गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा
काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा...
बीवाईडीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ सवारी साधन बिक्री गरी रेकर्ड कायम गरेको छ । गत वर्ष अर्थात सन् २०२३ मा बीवाईडीले संसारभर ३० लाख २४ हजार ४१७ गाडी बिक्री गर्न सफल भएको थियो । यो संख्या सन् २०२२ को तुलनामा ६१.८ प्रतिशत बढी थियो भने अब २०२३ को तुलनामा २०२४ मा ४१.३ प्रतिशत बढी गाडी बिक्री भएका छन् । यस अनुसार बीवाईडीले पहिलो पटक ४० लाख भन्दा बढी कार बिक्री गरेको पहिलो रेकर्ड समेत कायम भएको छ ।
बीवाईडीले लगातार रुपमा सवारी साधन बिक्रीमा उल्लेख्य प्रगति गरिरहेको छ । वर्षको अन्तिम महिना डिसेम्बरमा बीवाईडीले ५ लाख १४ हजार ८०९ न्यु इनर्जी भेइकल (एनईभी) बिक्री गरेको छ, जुन लगातार रुपमा ५ लाख भन्दा बढी एनईभी बिक्री गरेको तेस्रो रेकर्ड महिना हो । यो भन्दा पहिले नोभेम्बर र अक्टोबरमा पनि ५ लाख भन्दा बढी एनईभी बिक्री भएका थिए ।
सन् २०२४ मा बिक्री भएका यी कार मध्ये १७ लाख ६४ हजार ९९२ प्यासेन्जर बीईभी अर्थात ब्याट्री इलेक्ट्रिक भेइकल छन् । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी हो । त्यसैगरी बीवाईडीले २४ लाख ८५ हजार ३७८ पीएचईभी अर्थात प्लग–इन हाइब्रिड भेइकल बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७२.८ प्रतिशत बढी हो ।
समग्रमा २०२४ मा बिक्री भएका बीवाईडीका सवारी साधन मध्ये ४१.५ प्रतिशत अल–इलेक्ट्रिक भेइकल छन् भने ५८.५ प्रतिशत प्लग–इन हाइब्रिड छन् ।
बीवाईडी सन् २०२२ को अप्रिल देखि नै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको उत्पादन बन्द गरी न्यु इनर्जी भेइकल उत्पादनमा मात्र केन्द्रित छ । न्यु इनर्जी भेइकल अन्तर्गत बीईभी, पीएचईभी र एफसीईभी अर्थात हाइड्रोजनबाट चल्ने सवारी साधन पर्छन् । बीवाईडीको एफसीईभी उत्पादन भने कम छ ।
बीवाईडीले बिक्री गरेका सवारी साधनमा प्यासेन्जर र कमर्सियल सवारी साधन संलग्न छन् । २०२४ मा बीवाईडीले ४२ लाख ५० हजार ३७० युनिट प्यासेन्जर कार बिक्री गरेको छ भने २१ हजार ७७५ युनिट कमर्सियल सवारी साधन बिक्री गरेको छ ।
बीवाईडीका सवारी साधन मध्ये अधिकांश चीनमै बिक्री भएका छन् । चीन वाहिर यो वर्ष ४ लाख १७ हजार २०४ सवारी साधन बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७१.९ प्रतिशत बढी हो ।
नेपालमा समेत बीवाईडीका सवारी साधन लोकप्रिय छन् । नेपाली बजारमा बीवाईडीको आधिकारिक वितरकको रुपमा साइमेक्स इंकले अल न्यु ई६, एम६, डल्फिन, एट्टो ३ र सिल बिक्री गर्दै आएको छ । हालै एम६ मोडल भित्रिएको छ भने पहिले देखि एट्टो ३ र डल्फिन लगायतका मोडल लोकप्रिय छन् । नेपाली बजारमा बीवाईडीका ६ हजार सवारी साधन बिक्री भएका छन् ।
काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल...
काठमाडौं – गत भाद्र ११ देखि प्रारम्भ भएको नाडा अटो शो २०२४ हिजो समापन भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...