५ महिनामा नेपाल भित्रिए झण्डै ४ अर्ब बराबरको १३५३ युनिट विद्युतीय गाडी
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा १३५३ युनिट विद्युतीय...
चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडीले दक्षिण युरोपमा दोस्रो एसेम्बली प्लान्ट निर्माण गर्नका लागि हाल चलिरहेको कारखानाको खोजीमा रहेको र यसका लागि आवश्यक योजना अगाडि बढाएको छ । कम्पनीले स्पेनसहित दक्षिणी युरोपका केही देशलाई सम्भावित गन्तव्यको रूपमा छनोट गरेको जनाएको छ।
जर्मनीको बर्लिनमा आयोजित सानो ईभी डल्फिन जीलाई सार्वजनिक गर्ने क्रममा बीवाईडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले कम्पनीले नयाँ कारखाना निर्माण गर्नुको सट्टा सञ्चालनमा रहेको वा बन्द अवस्थामा रहेको कारखाना खरिद गर्न रुचि राखेको बताइन्। यद्यपि उनले स्पेनबाहेक अन्य कुन–कुन देश कम्पनीको प्राथमिक सूचीमा छन् भन्ने खुलाएकी छैनन्।
बीवाईडीले हाल हंगेरीमा निर्माणाधीन आफ्नो पहिलो युरोपियन प्लान्टलाई प्राथमिकता दिएको छ। कम्पनीले उक्त प्लान्टबाट सन् २०२६ को चौथो त्रैमासिकदेखि उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ, जुन प्रारम्भिक योजनाभन्दा करिब एक वर्ष ढिलो हुने बताइएको छ। अर्कोतर्फ, टर्कीमा निर्माण गर्ने भनिएको प्लान्टको योजना भने हालका लागि स्थगित गरिएको छ।
युरोपमा बीवाईडीको बजार विस्तार तीव्र गतिमा भइरहेको छ। कम्पनीको युरोपियन बिक्री गत वर्ष २७० प्रतिशतले वृद्धि हुँदै करिब १ लाख ८८ हजार युनिट पुगेको थियो। यस वर्षको मे महिनासम्म मात्र बिक्री १ लाख युनिट नाघिसकेको कम्पनीले जनाएको छ।
युरोपमै उत्पादन सुरु गर्न सके बीवाईडीले चिनियाँ उत्पादनका ईभीमाथि ईयूले लगाएको अतिरिक्त भन्सार शुल्कबाट बच्न सक्नेछ। साथै, युरोपियन संघले प्रस्ताव गरेको ‘मेड इन युरोप’ सम्बन्धी स्थानीय सामग्री प्रयोगको मापदण्ड लागू हुनुअघि नै उत्पादन सुरु गर्न कम्पनीले विद्यमान कारखाना खरिदको विकल्प रोजेको विश्लेषण गरिएको छ।
युरोपको अटो उद्योग पछिल्ला वर्षहरूमा अतिरिक्त उत्पादन क्षमताको समस्याबाट गुज्रिरहेको छ। विशेषगरी पश्चिमी युरोपमा श्रम तथा ऊर्जा लागत उच्च भएका कारण धेरै कारखानाहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। यस्तो अवस्थामा चिनियाँ अटो निर्माता कम्पनीहरूका लागि विद्यमान कारखाना अधिग्रहण उपयुक्त विकल्प बन्न सक्ने देखिएको छ।
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा १३५३ युनिट विद्युतीय...
सिट्रोनले पहिलो इलेक्ट्रिक कार ईसी३ लन्च गर्ने तयारी भइरहेको छ । मिडिया...
काठमाडौं – केही दिन पहिले देखि नै चर्चामा रहेको नेपाली युवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...