बीवाईडीले सिंगापुरमा सार्वजनिक ग-यो १०० किलोवाटको बीवाईडी सिल

विश्व प्रसिद्ध चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले इलेक्ट्रिक सेडान सिलको नयाँ भेरिएन्ट डाइनामिक १०० सिंगापुरमा सार्वजनिक गरेको छ ।

पहिले सो गाडी डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन भेरिएन्टमा उपलब्ध रहेकोमा अब डाइनामिकलाई डाइनामिक १०० बनाइएको हो । पहिले सो भेरिएन्टमा १५० किलोवाटको मोटर रहेकोमा अब भने १०० किलोवाटको मोटर हुनेछ ।

सो मोटरले १३४ बीएचपी पावर प्रदान गर्नेछ, जुन पहिले भन्दा करिव ७७ बीएचपी कम हो । त्यसैगरी यसले शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन १० सेकेन्ड लगाउछ । पहिलेको मोडलले यही दुरी ७.५ सेकेन्डमा पार गर्न सक्छ । यद्यपि यसले टर्क भने पहिलेकै अर्थात ३१० एनएम नै जेनेरेट गर्छ । यसबाट कारको जिप्पी नेचरमा कुनै परिवर्तन नभएको थाहा पाउन सकिन्छ ।

सिल डाइनामिक १०० का अन्य फिचर भने पहिलेकै सिल डाइनामिक जस्तै छ । यसमा उही ११.४४ किलोवाट आवरको ब्याट्री छ, जसले ४०० किलोमिटरको रेन्ज दिन्छ । त्यसैगरी यसले फास्ट चार्जर पनि सपोर्ट गर्छ । ११० किलोवाट डीसी चार्जरले ब्याट्रीलाई ३२ मिनेटमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

त्यसैगरी बीवाईडी सिल डाइनामिक १०० मा १५.६ इन्चको रोटेटिङ इन्फोटेनमेन्ट टचस्क्रिनका साथै १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । आधुनिक कारमा हुने इलेक्ट्रोनिक एड्जस्टमेन्ट सहितका भेन्टिलेटेड फ्रन्ट सिट यसमा रहेका छन् ।

त्यसैगरी यसमा ड्राइभर असिस्टेन्स फिचर, ९ एयरब्याग सिस्टम, प्यानोरामिक सनरुफ जस्ता फिचर पनि छन् ।

सिंगापुरमा बीवाईडी सिल डाइनामिक १०० को मूल्य १ लाख ७० हजार डलर तोकिएको छ । सिंगापुरको डिलरले ‘बीवाईडी १०० आवर सेल’ अफर ल्याएर यो अवधिमा २० हजार डलर सम्म छुट र फाइदा पाउन सकिने अफर समेत ल्याएको छ ।

बीवाईडी सिल प्रिमियम सेडान मानिन्छ । नेपालमा पनि साइमेक्स इंकले बीवाईडी सिलका तीन भेरिएन्ट डाइनामिक, प्रिमियम र पर्फमेन्स बिक्रीका लागि उपलब्ध गराएको छ । १५० किलोवाट मोटर भएका यी भेरिएन्टको मूल्य क्रमशः करोड ५ लाख, १ करोड ३९ लाख र १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ ।

नेपालमा जस्तै सिंगापुरमा पनि मोटर पावरका आधारमा कर निर्धारण गरिएको छ । कम्पनीले त्यही अनुसार मोटर पावर निर्धारण गरेर गाडी उत्पादन गरेको हो । यस अनुसार भविष्यमा नेपालमा समेत बीवाईडी सिल डाइनामिक १०० आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने

काठमाडौं – नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

चीनको कार बजारमा ठुलो गिरावट, फेब्रुअरीमा बिक्री ३४ प्रतिशतभन्दा बढी घट्यो

चीनको कार बजारमा ठुलो गिरावट, फेब्रुअरीमा बिक्री ३४ प्रतिशतभन्दा बढी घट्यो

चीनको अटोमोबाइल बजारमा पछिल्लो समय उल्लेखनीय गिरावट देखिएको छ। सन् २०२६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...