बीवाईडीले एउटा कारमा १२५० डलर नाफा राख्दा टेस्लाको ८२५० डलर
बीवाइडीले एकदमै कम नाफा राखेर कार बिक्री गर्ने गरेको पाइएको छ । एक तथ्यांक...
काठमाडौं– बीवाइडीले आफ्नो विद्युतिय ह्याचब्याक कार सिगललाई अपडेट गरेर ल्याएको छ । कम्पनीले सिगल २०२५ मोडललाई दुईवटा ब्याट्री अप्सन दिएर चीनमा लन्च गरेको हो ।
बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको सिगलमा केही फिचरमात्र परिमार्जन गरिएको छ । कारमा पहिलोपटक इलेक्ट्रिक एड्जस्टेवल ड्राइभर सिट दिइएको छ । साथै करल अप्सनसमेत थप गरिएको छ ।
३ वटा भेरिएन्टमा उपलब्ध नयाँ सिगलमा ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्री प्याकमा जाडन गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०५ र ४०५ किलोमिटरसम्म रेन्ज पाइने दावी गरिएको छ । कारमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिइएको छ भने यसले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
सो नयाँ कारको इन्टेरियरमा १०.१ इन्चको रेटेवल इन्फोटेन्मेन्ट सिस्टम र ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर राखिएको छ । साथै यसमा ओटीए अपडेट, चारवटा स्पीकर, भ्वाइस इन्ट्रिगेसन, इन–कार वाईफाई, फोरजी नेटवर्क र किलेस इन्ट्री जस्ता फिचर उपलब्ध गराइएको छ ।
अपडेटेड सिगललाई बीवाईडीले यसअघिको पुरानै मूल्यमा बिक्री गर्ने योजना बनाएको छ । चीनमा यसको मूल्य ९ हजार ७०० देखि १२ हजार अमेरिकी डलरसम्म निर्धारण गरिएको छ ।
सिगल नेपाली बजासमा समेत निकै प्रतिक्षा गरिएको ह्याचब्याक कार हो । सस्तो मूल्यमा आउने अपेक्षा सहित अहिले पनि धेरै नेपाली ईभी पारखीले यसलाई प्रतिक्षा गर्दै आएका छन् । वहुप्रतिक्षित भएपनि यो कार नेपाल ल्याउने विषयमा आधिकारिक वितरक साइमेक्स इंकले हालसम्म कुनै जानकारी बाहिर ल्याएको छैन
बीवाइडीले एकदमै कम नाफा राखेर कार बिक्री गर्ने गरेको पाइएको छ । एक तथ्यांक...
विश्व प्रसिद्ध चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले...
कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...