नेपालको शोरुममा बीवाईडीको सबैभन्दा कम मूल्यको ईभी सिगल

काठमाडौं – बीवाईडीको सबैभन्दा सस्तो अर्थात कम मूल्यको ईभी सिगल काठमाडौंमा देखिएको छ । नक्सालस्थित शोरुममा सो ईभी देखिएको हो । हाल सो ईभीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बीवाईडीका अन्य मोडल समेत धेरैले रुचाएको समयमा सबैभन्दा कम मूल्यको हुने अनुमान गरिएको सिगलको वारेमा धेरैले चासो राख्नु स्वाभाविकै हो । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक युनिट सिगल परीक्षणका लागि भित्र्याएको जानकारी सार्वजनिक भए पनि पहिले यसरी तस्बिर पनि सार्वजनिक भएको थिएन ।

बीवाईडी सिगल ३० लाख रुपैयाँ भन्दा कम मूल्यमै उपलब्ध हुने अनुमान गरिएको छ । यसका आधारमा मूल्य र ब्रान्ड तथा फिचर रुचाउने ग्राहकका लागि बीवाईडी सिगल उपयुक्त विकल्प हुने अनुमान गर्न सकिन्छ । यद्यपि कम्पनीले यसको मूल्य र फिचर लगायतका अन्य जानकारी भने अझै सार्वजनिक गरेको छैन ।

बीवाईडी सिगल पहिलो पटक सांघाईमा सम्पन्न अटो एक्सपो २०२३ मा सार्वजनिक भएको थियो । बुकिङ खुलेको २४ घण्टामै यसको १० हजार युनिट बिक्री भएको थियो ।

ई–प्लेटफर्म ३.० मा निमाण गरेको सो कारलाई बीवाईडीले ३० र ३८ किलोवाट आवर एलएफपी व्याट्री अप्सनमा सार्वजनिक गरेको थियो । जसमध्ये ३० किलोवाट आवर जडित भेरिएन्टले ३०५ र अर्को लङ रेन्ज भेरिएन्टले ४०५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यी दुवै व्याट्री अप्सनले डीसी फास्ट चार्जर सपोर्ट गर्ने जनाइएको छ । कारलाई ३० मिनेट भित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सिगलमा ५५ किलोवाटको मोटर जडान गरिएको छ । जसको पावर ७५ एचपी छ भने यसलाई १३० किलोमिटर प्रतिघन्टाको टप स्पिडमा गुडाउन सकिन्छ । कारमा ५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फ्ल्याट वटम स्टेरिङ ह्विल, वायरलेस चार्र्जिङ प्याड र दुईवटा कप होल्डर लगायत फिचर दिइएको छ ।

यद्यपि नेपाली बजारमा उपलब्ध हुने बीवाईडी सिगलको फिचर र अन्य विभिन्न विषयको जानकारी भने साइमेक्स इंकले सार्वजनिक गरेको छैन । सायद केही समयमै यसको औपचारिक जानकारी सार्वजनिक हुनेछ ।

सम्बन्धित समाचारहरू

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

नेपालमा स्तरिय कार रेन्टल सेवा उपलब्ध गराउँदै आएको स्पार्क ग्रुपले सन्...

ओमोडा ई–५ लाई युरो एनक्याप र एनक्यापमा डबल ५ स्टार सेफ्टि रेटिङ

ओमोडा ई–५ लाई युरो एनक्याप र एनक्यापमा डबल ५ स्टार सेफ्टि रेटिङ

काठमाडौं– ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ई–५ ले विश्वव्यापी...

पेरिसमा अब भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

पेरिसमा अब भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

काठमाडौँ – फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...