बीवाईडीका ब्याट्री अब पूर्ण रुपमा रिसाइक्लिङ गरिने, ल्यायो यस्तो कार्यक्रम
ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ...
बीवाईडी सिगलले चिनमा सर्बाधिक बिक्री हुने कारको सुचिमा पहिलो स्थान आगटेको छ । नोभेम्वर महिनामा बिक्री भएको कारलाई आधार मान्दा सिगल पहिलो भएको हो । उक्त महिना सिगल ५६ हजार १५६ युनिट बिक्री भएको थियो ।
सुचीको दोस्रो स्थानमा टेस्ला मोडल वाई पर्न सफल भएको छ भने बीवाईडीकै सङ प्लस र क्विन प्लस क्रमशः तेस्रो र चौथा स्थानमा रहे । गत वर्षको सोहि अवधीको तुलनामा सिगलको बिक्री ३८.३४ प्रतिशतले बृद्धि हुँदा टेस्ला मोडल वाईको १०.६३ प्रतिशतले घटेको जनाइएको छ । यसैगरी, बीवाईडी सङ प्लसको १५.३६ प्रतिशतले बृद्धि हुँदा क्विन प्लसको भने ३.३३ प्रतिशतले घटेको छ ।
नोभेम्वरमा कुल २४ लाख प्यासेन्जर कार बिक्री हुँदा सेडान ११ लाख २० हजार, एसयुभी १२ लाख र एमपिभी १ लाख युनिट बिक्री भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । जनवरीदेखी नोभेम्वरसम्मको अबधीमा कुल २ करोड २५ लाख भन्दा बढी कार बिक्री भएका छन् ।
न्यू इनर्जी भेइकलको बिक्रीमा उछाल आएसंगै चिनमा स्वदेशी ब्रान्डको माग उच्च दरले बृद्धि हुन थालेको छ । पछिल्लो ५ महिनामा बिक्री भएको कारको संख्यालाई आधार मान्दा न्यू इनर्जी भेइकलको हिस्सा ५० प्रतिशत पुगेको दाबी गरिएको छ ।
बीवाईडी सगल नेपाली बजारमा समेत आउने तयारीमा रहेको ह्याचब्याक ईभी हो । चीनमा ३ वटा भेरिएन्टमा उपलब्ध सिगलमा ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०५ र ४०५ किलोमिटरसम्म रेन्ज पाइने दावी गरिएको छ । कारमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिइएको छ भने यसले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
यस कारको इन्टेरियरमा १०.१ इन्चको रोटेवल इन्फोटेन्मेन्ट सिस्टम र ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर राखिएको छ । साथै यसमा ओटीए अपडेट, चारवटा स्पीकर, भ्वाइस इन्ट्रिगेसन, इन–कार वाईफाई, फोरजी नेटवर्क र किलेस इन्ट्री जस्ता फिचर उपलब्ध गराइएको छ ।
चीनमा यसको मूल्य ९ हजार ७०० देखि १२ हजार अमेरिकी डलरसम्म निर्धारण गरिएको छ । नेपाली बजारमा आउँदा यसको मूल्य ३० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा निकै चासोका साथ हेरिएको सिगल सस्तो मूल्यमा आउने अपेक्षा सहित अहिले पनि धेरै ईभी पारखीले यसलाई प्रतिक्षा गर्दै आएका छन् । नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा डोङफेङ नामी र टाटा टियागोसंग हुनेछ ।
ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ...
काठमाडौं युनिभर्सिटी अन्तर्गत धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेसन...
बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...