नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु, कहिले हुँदैछ लन्च ?
बीवाईडीले आफ्नो लोकप्रिय एसयुभी एट्टो३ को २०२५ मोडललाई चीनमा रोड टेष्ट...
बीवाईडी सिगलले चिनमा सर्बाधिक बिक्री हुने कारको सुचिमा पहिलो स्थान आगटेको छ । नोभेम्वर महिनामा बिक्री भएको कारलाई आधार मान्दा सिगल पहिलो भएको हो । उक्त महिना सिगल ५६ हजार १५६ युनिट बिक्री भएको थियो ।
सुचीको दोस्रो स्थानमा टेस्ला मोडल वाई पर्न सफल भएको छ भने बीवाईडीकै सङ प्लस र क्विन प्लस क्रमशः तेस्रो र चौथा स्थानमा रहे । गत वर्षको सोहि अवधीको तुलनामा सिगलको बिक्री ३८.३४ प्रतिशतले बृद्धि हुँदा टेस्ला मोडल वाईको १०.६३ प्रतिशतले घटेको जनाइएको छ । यसैगरी, बीवाईडी सङ प्लसको १५.३६ प्रतिशतले बृद्धि हुँदा क्विन प्लसको भने ३.३३ प्रतिशतले घटेको छ ।
नोभेम्वरमा कुल २४ लाख प्यासेन्जर कार बिक्री हुँदा सेडान ११ लाख २० हजार, एसयुभी १२ लाख र एमपिभी १ लाख युनिट बिक्री भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । जनवरीदेखी नोभेम्वरसम्मको अबधीमा कुल २ करोड २५ लाख भन्दा बढी कार बिक्री भएका छन् ।
न्यू इनर्जी भेइकलको बिक्रीमा उछाल आएसंगै चिनमा स्वदेशी ब्रान्डको माग उच्च दरले बृद्धि हुन थालेको छ । पछिल्लो ५ महिनामा बिक्री भएको कारको संख्यालाई आधार मान्दा न्यू इनर्जी भेइकलको हिस्सा ५० प्रतिशत पुगेको दाबी गरिएको छ ।
बीवाईडी सगल नेपाली बजारमा समेत आउने तयारीमा रहेको ह्याचब्याक ईभी हो । चीनमा ३ वटा भेरिएन्टमा उपलब्ध सिगलमा ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०५ र ४०५ किलोमिटरसम्म रेन्ज पाइने दावी गरिएको छ । कारमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिइएको छ भने यसले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
यस कारको इन्टेरियरमा १०.१ इन्चको रोटेवल इन्फोटेन्मेन्ट सिस्टम र ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर राखिएको छ । साथै यसमा ओटीए अपडेट, चारवटा स्पीकर, भ्वाइस इन्ट्रिगेसन, इन–कार वाईफाई, फोरजी नेटवर्क र किलेस इन्ट्री जस्ता फिचर उपलब्ध गराइएको छ ।
चीनमा यसको मूल्य ९ हजार ७०० देखि १२ हजार अमेरिकी डलरसम्म निर्धारण गरिएको छ । नेपाली बजारमा आउँदा यसको मूल्य ३० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा निकै चासोका साथ हेरिएको सिगल सस्तो मूल्यमा आउने अपेक्षा सहित अहिले पनि धेरै ईभी पारखीले यसलाई प्रतिक्षा गर्दै आएका छन् । नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा डोङफेङ नामी र टाटा टियागोसंग हुनेछ ।
बीवाईडीले आफ्नो लोकप्रिय एसयुभी एट्टो३ को २०२५ मोडललाई चीनमा रोड टेष्ट...
बीवाईडीको ह्याचब्याक कार सिगल चिनमा सर्बाधिक बिक्री हुने कार बनेको छ ।...
न्यू इनर्जी भेइकलको उत्पादनमा तहल्का पिटिरहेको बीवाइडीले अव लन्डनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...