बीवाईडीको नयाँ ८ सिरिज ट्याङ इलेक्ट्रिक एसयूभी सार्वजनिक
बीवाईडीले आफ्नो डायनेस्टी सिरिज विस्तार गर्दै नयाँ ८ सिरिज ट्याङ...
काठमाडौं–विश्वकै ठूलो न्यु इनर्जी भेइकल(एनईभी) निर्माता बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पकडलाई थप बलियो बनाउँदै लगेको छ । यसै क्रममा ब्राजिलमा रहेको बीवाईडीको उद्योगले उत्पादन सुरु गरेको छोटो समयमै १ लाखौं सवारी साधन उत्पादन गरेर एउटा नयाँ माइलस्टोन पार गरेको छ ।
१ जुलाई २०२५ बाट व्यावसायिक सञ्चालनमा आएको यस प्लान्टले उत्पादनको उच्च मागलाई धान्न गत वर्षको नोभेम्बरदेखि दोस्रो सिफ्ट समेत थपेको थियो । नतिजास्वरूप, सञ्चालनको एक वर्षभन्दा केही बढी समयमै प्लान्टले यो विशाल उपलब्धि हासिल गरेको हो ।
कम्पनीका अनुसार उत्पादन लाइनबाट १ लाखौं गाडीको रूपमा यसको सर्वाधिक लोकप्रिय मोडल डल्फिन मिनी बाहिरिएको छ । नेपाली बजारमा यो कार एट्टो १ नामले बिक्री हुँदै आएको छ ।
हाल ५ हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत यस प्लान्टको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार युनिट रहेको छ । तर, बीवाईडीले यस प्लान्टको क्षमता विस्तार गर्दै वार्षिक ६ लाख युनिट पु¥याउने दीर्घकालीन लक्ष्य राखेको छ ।
यस प्लान्टमा हाल पूर्ण–विद्युतीय डल्फिन मिनीका साथै दुईवटा प्लग–इन हाइब्रिड मोडल एसेम्बल भइरहेका छन् । कम्पनीले सन् २०३० सम्ममा ब्राजिलकै नम्बर–१ कार ब्रान्ड बन्ने रणनीति लिएको छ ।
चीनको आन्तरिक बजारमा तीव्र प्रतिस्पर्धाका कारण बिक्रीमा केही संकुचन आए पनि बीवाईडीले आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई आक्रामक रूपमा अघि बढाउन विश्वभर उत्पादन प्लान्टहरू स्थापना गर्ने कार्यलाई तीव्रता दिइरहेको छ । जसको प्रत्यक्ष उदाहरण ब्राजिल प्लान्टको यो ऐतिहासिक सफलता हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...