प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अशोक लेल्यान्डको ८० लाख योगदान

काठमाडौं–भारतको अग्रणी कमर्सियल सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्डले नेपालका विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पु-याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

अशोक लेल्यान्डका नेपालका लागी कन्ट्री हेड विप्लव पल तथा आईएमई मोटर्सका टोलीले संयुक्त रूपमा अर्थ मन्त्रालयको कार्यालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा कन्ट्री हेड विप्लव पलले विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस सहयोगले राहत तथा पुनर्स्थापनाका लागि भइरहेको राष्ट्रिय प्रयासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

अशोक लेल्यान्डले व्यावसायिक उत्कृष्टतासँगै सामाजिक उत्तरदायित्व, मानवीय सहयोग र समुदायको हितलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ । विशेषगरी विपद् तथा संकटका समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु कम्पनीको सामाजिक प्रतिबद्धताको महत्वपूर्ण हिस्सा रहँदै आएको छ ।

नेपालमा पनि विभिन्न सामाजिक तथा मानवीय पहलमार्फत कम्पनीले आफ्नो उत्तरदायी व्यावसायिक भूमिका निर्वाह गर्दै आएको छ ।

सन् १९४८ मा स्थापना भएको अशोक लेल्यान्ड हिन्दुजा ग्रुपअन्तर्गतको प्रमुख कम्पनी हो । ७५ वर्षभन्दा लामो गौरवशाली इतिहास बोकेको कम्पनी भारतको दोस्रो ठूलो कमर्सियल सवारीसाधन निर्माता तथा विश्वको चौथो ठूलो बस निर्माता कम्पनीका रूपमा परिचित छ ।

ट्रक, बस, लाइट कमर्सियल भेहिकल तथा विशेष प्रयोजनका सवारीसाधन उत्पादनमा विशिष्ट पहिचान बनाएको कम्पनीले विश्वका ५० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ ।

नेपालमा अशोक लेलेण्डका कमर्सियल सवारीसाधनको आधिकारिक वितरकका रूपमा आईएमई मोटर्स प्रालीले काम गर्दै आएको छ । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले देशभर १४ स्थानमा कम्पनीले ग्राहकलाई बिक्री, मर्मतसम्भार तथा बिक्रीपछिका सेवा प्रदान गर्दै आएको छ ।

यसै सन्दर्भमा, आईएमई ग्रुपले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ । विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि समूहले गर्दै आएको निरन्तर सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको संस्थागत प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...