उबरमा १ लाख बीवाईडी कार सामेल हुने

काठमाडौं– चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसंग सम्झौता गरेको हो ।

उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुबिध दिन समेत यी दुई कम्पनीबिच सम्झौता भएको छ । साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रबिधीको विकास गर्ने समेत सहमती भएको छ । उवर प्लेटफर्मका लागी उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रबिधीका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

चिनियाँ ब्राण्डका ईभीको बढ्दो दबदबा रोक्न यूरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बावजुत उवरसंग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरुले निकै अर्थपूर्ण रुपमा लिएका छन् । यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी समेत गरेका छन् ।

बीवाईडीसंगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उवरले जनाएको छ । मध्ये पश्चिम, क्यानाडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीविच सहमती भएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले सार्वजनिक ग-यो डिसस सिस्टम, भेइकल टेक्नोलोजीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि

बीवाईडीले सार्वजनिक ग-यो डिसस सिस्टम, भेइकल टेक्नोलोजीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि

विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी...

चीनमा सर्बाधिक बिक्री रेकर्ड कायम गरेको बीवाईडी डल्फिन इलेक्ट्रिक ह्याचब्याक नेपाल भित्रिदै

चीनमा सर्बाधिक बिक्री रेकर्ड कायम गरेको बीवाईडी डल्फिन इलेक्ट्रिक ह्याचब्याक नेपाल भित्रिदै

चीनमा सन् २०२२ मा एकै पटक ९१६ प्रतिशतले बिक्री बढेर २ लाख ५ हजार युनिट...

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

अगस्ट महिनामा रेकर्ड बिक्री पश्चात बीवाईडीले यो वर्ष अर्को महत्वपूर्ण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...