टेस्लालाई उछिन्दै बीवाईडी विश्वको नम्बर वान ईभी कम्पनी बन्न सफल

बीवाईडीले टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी साधन उत्पादकको स्थान हासिल गरेको छ।

सन् २०२५ मा बीवाईडीले कुल २२ लाख ५४ हजार ७१४ वटा इलेक्ट्रिक सवारी साधन बिक्री गरेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब २७.९ प्रतिशतको वृद्धि हो । टेस्लाले सोही वर्ष १६ लाख ३६ हजार १२९ वटा इलेक्ट्रिक कार बिक्री गर्न सक्यो, जुन सन् २०२४ को तुलनामा करिब ९ प्रतिशतले कम हो ।

बीवाईडीले सन् २०२५ मा हाइब्रिड र इलेक्ट्रिक गरी कुल ४५ लाख ५० हजार ३६ वटा सवारी साधन बिक्री गरेको थियो। समग्रमा ४६ लाख २ हजार ४३६ सवारी साधन बिक्री भएकाे बीवाईडीले जनाएकाे छ । सो बिक्रीमा अल इलेक्ट्रिक र हाइब्रिड सवारी साधनको हिस्सा लगभग बराबर देखिएको छ। यसले बीवाईडीले दुवै प्रविधिलाई सन्तुलित रूपमा अघि बढाएको छ ।

टेस्ला अझै पनि आफ्नो कुल बिक्रीको करिब ९५ प्रतिशत मोडल ३ र मोडल वाईमा निर्भर छ, बीवाईडीले भने किफायती कारदेखि लिएर प्रिमियम र लक्जरी सेडानसम्म फराकिलो मोडल पोर्टफोलियो प्रस्तुत गरेको छ। यसले विभिन्न वर्गका ग्राहकलाई आकर्षित गर्न बीवाईडीलाई सहज बनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि बीवाईडीले ठूलो फड्को मारेको छ। सन् २०२५ मा कम्पनीको निर्यात पहिलो पटक १० लाख युनिट नाघ्यो, जुन अघिल्लो वर्षको तुलनामा करिब १५० प्रतिशतले बढी हो। यसले बीवाईडी अब केवल चिनियाँ बजारमा सीमित नभई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित हुँदै गएको देखाउँछ।

विज्ञहरूका अनुसार टेस्लासँग हाल किफायती र नयाँ मोडलहरूको अभाव देखिन्छ। एक समय वार्षिक ५० प्रतिशतको दरले बढ्दै आएको टेस्लाको वृद्धि अहिले सुस्त बनेको छ। कम्पनीले सस्तो अर्को पुस्ताको प्लेटफर्म ल्याउने विषयमा लामो समयदेखि चर्चा गर्दै आए पनि सन् २०२५ सम्म त्यसलाई वास्तविकतामा उतार्न सकेन। नयाँ मोडल समयमै सार्वजनिक गर्न नसक्नु र सीमित मोडलमा अत्यधिक निर्भर रहनुले टेस्लाले विश्वको नम्बर एक स्थान गुमाएको विश्लेषकहरूको निष्कर्ष छ।

सम्बन्धित समाचारहरू

बीवाईडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन यही वर्ष आउने, इनर्जी डेन्सिटी बढ्ने

बीवाईडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन यही वर्ष आउने, इनर्जी डेन्सिटी बढ्ने

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीलाई ब्याट्री उपलब्ध...

बीवाईडी सिगल बन्यो चिनमा सर्बाधिक बिक्री हुने कार, नेपालमा बिक्री सुरु हुँदै

बीवाईडी सिगल बन्यो चिनमा सर्बाधिक बिक्री हुने कार, नेपालमा बिक्री सुरु हुँदै

बीवाईडी सिगलले चिनमा सर्बाधिक बिक्री हुने कारको सुचिमा पहिलो स्थान आगटेको...

बीवाईडी एम६ को नेपाली बजार मूल्य घोषणा, छिट्टै बिक्री शुरु हुने

बीवाईडी एम६ को नेपाली बजार मूल्य घोषणा, छिट्टै बिक्री शुरु हुने

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...