बीवाईडी नेपाल र डिलर नेटवर्कले चीनमा पाए १० प्रतिष्ठित अवार्ड

चीनको शेन्जेनमा आयोजित एसिया प्यासिफिक डिलर कन्फ्रेन्स २०२६ मा नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक र यसका देशभर रहेका डिलर नेटवर्कले १० प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन् ।

‘वान फोर्स, वान डिरेक्सन’ थिम अन्तर्गत पुरस्कार प्रदान गरिएको उक्त सम्मेलनले सम्मान प्राप्तिको अवसर मात्र नभई ब्रान्ड रणनीति, सेवा उत्कृष्टता, गुणस्तरीय नवप्रवर्तन तथा दिगो गतिशीलताप्रतिको दीर्घकालीन प्रतिबद्धतासम्बन्धी महत्वपूर्ण विचार र दृष्टिकोण प्रस्तुत गर्ने मञ्च पनि प्रदान गरेको थियो।

यस अनुसार साइमेक्स इंकले ब्रान्ड पिनाकल अवार्ड, एलिट पार्टनर अवार्ड र सीएसआर आउटस्ट्यान्डिङ अवार्ड प्राप्त गरेको थियो । सन्ध्या श्रेष्ठले सेल्स च्याम्पियन अवार्ड पाइन् भने स्क्वायर इंकले ब्रान्ड च्याम्पियन स्टोर अवार्ड, इन्लाइटन मोटर्स र ओमेगा मोटोकर्पले भोल्युम लिडर अवार्ड, निरज अटोमोबाइल्सले सेल्स बेन्चमार्क स्टोर अवार्ड र टिम इलेभेन ईभी वर्ल्डले मार्केटिङ एक्सिलेन्स अवार्ड पाए ।

त्यसैगरी युरोग्रिन मोटर्स र इको ड्राइभ अटोमोबाइल्सले गोल्ड स्ट्यान्डर्ड सर्भिस स्टोर अवार्ड र अल स्टार मोटर्सले डिजिटल मार्केटिङ अवार्ड पाए ।

सम्मेलनका विभिन्न सत्रहरूमा बीवाईडीका शीर्ष नेतृत्वले एसिया–प्रशान्त क्षेत्रमा एकीकृत विकास, ग्राहक केन्द्रित सेवा र नवप्रवर्तनमा आधारित विस्तारलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

सम्मेलनको समापन समारोहमा बीवाईडीका अध्यक्ष वाङ चुवान्फुक्षद्वारा प्रस्तुत गरिएको विशेष सम्बोधनले सहभागीहरूलाई सुन्दर भविष्यको यात्रातर्फ अघि बढ्न प्रेरित गरेको थियो। उक्त सन्देशले आगामी दिनमा अझ ठूलो लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न सहभागीहरूलाई उत्साहित बनाएको थियो।

सो सम्मेलनमा प्राप्त अवार्डहरूले साइमेक्स इंक तथा यसका डिलर साझेदारहरूको सामूहिक प्रयास, प्रतिबद्धता र सफलतालाई सम्मानित गरेको कम्पनीले जनाएको छ। यसका साथै नेपालमा दिगो तथा वातावरणमैत्री सवारी साधनको प्रवर्धनमा कम्पनीले निर्वाह गरिरहेको अग्रणी भूमिकालाई पनि यसले थप सुदृढ बनाएको विश्वास कम्पनीले व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

स्टेलान्टिससंग मिलेर लिप मोटरले मलेसियामा सस्तो ईभी ल्याउने

स्टेलान्टिससंग मिलेर लिप मोटरले मलेसियामा सस्तो ईभी ल्याउने

अमेरिकन अटो निर्माता स्टेलान्टिस र चिनको लिप मोटरले सहकार्य गरी मलेसियामा...

इलेक्ट्रिक सवारी साधनमा हुने रिजेनेरेटिभ ब्रेकिङ सिस्टम के हो ? यसले कसरी काम गर्छ ?

इलेक्ट्रिक सवारी साधनमा हुने रिजेनेरेटिभ ब्रेकिङ सिस्टम के हो ? यसले कसरी काम गर्छ ?

कारको ब्रेक प्याडल थिच्दा हाइड्रोलिक ब्रेक प्याडले प्रत्येका पांग्रामा...

अमेरिकी कम्पनीले हाइड्रोजनबाट चल्ने स्कुटर भारतमा लन्च गर्ने

अमेरिकी कम्पनीले हाइड्रोजनबाट चल्ने स्कुटर भारतमा लन्च गर्ने

अमेरिकाको सवारी साधन निर्माता कम्पनी ट्राइटनले भारतमा छिट्टै हाइड्रोजन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...