म्यानचेस्टर सिटी फुटबल क्लबको अफिसियल अटोमोटिभ पार्टनर बन्यो बीवाईडी

विश्वप्रसिद्ध ईभी निर्माता कम्पनी बीवाईडी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फुटबल क्लबको अफिसियल अटोमोटिभ पार्टनर बनेको छ । उत्कृष्टता, नवप्रवर्तन र दिगो भविष्य निर्माण गर्ने साझा लक्ष्य बोकेका दुई विश्वव्यापी संस्थाबीच भएको यो सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

बीवाईडी र यसको प्रिमियम ब्रान्ड डेन्जाका विद्युतीय सवारीसाधनहरूले अब म्यानचेस्टर सिटी क्लबको दैनिक सञ्चालनमा सहयोग गर्नेछन्। यससँगै, क्लबको सिटी फुटबल एकेडेमीमा आवश्यक चार्जिङ सोलुसन र इनर्जी स्टोरेज ब्याट्री प्रणाली विकास गर्न बीवाईडीले आफ्नो प्रविधिगत दक्षता प्रयोग गर्नेछ।

यो साझेदारी केवल ब्रान्ड दृश्यतामा सीमित रहने छैन। खेलाडीहरूको ट्रेनिङ किट स्लिभ देखि लिएर इत्तेहाद स्टेडियममा देखिने उपस्थिति मार्फत समर्थकहरूले सडकमा प्रयोग हुने अत्याधुनिक प्रविधि र मैदानमा देखिने उत्कृष्ट प्रदर्शनबीचको सम्बन्ध प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।

अब बीवाईडीको ब्रान्डिङ म्यानचेस्टर सिटी मेन्स फर्स्ट टिमको ट्रेनिङ किट स्लिभमा देखिनेछ भने आगामी सिजनदेखि विमेन्स फर्स्ट टिमको ट्रेनिङ किट स्लिभमा पनि समावेश गरिनेछ।

यसका अतिरिक्त, इत्तेहाद स्टेडियमभित्र बीवाईडी विज्ञापन, डगआउट क्षेत्रका सिटको हेडरेस्टमा बीवाईडीको लोगो लगायत विभिन्न स्थानमा ब्रान्डको उपस्थिति रहनेछ। प्रिमियर लिग तथा घरेलु कपका घरेलु खेलका अवसरमा म्यानचेस्टर सिटी पुरुष पहिलो टोलीको आधिकारिक बसलाई स्टेडियमभित्र प्रवेश गराउँदा बीवाईडीको एक सवारी अगाडि रहने व्यवस्था पनि गरिनेछ।

बीवाईडी र म्यानचेस्टर सिटी दुवैले प्रविधिले विश्वभरका करोडौं मानिसलाई प्रेरित गर्ने, जोड्ने र सशक्त बनाउने विश्वास लिएका छन्। दिगो प्रविधि र खेलकुदको जोश एउटै दिशामा अघि बढ्दा नयाँ यात्राको सुरुआत हुने दुवै पक्षको भनाइ छ।

यो सहकार्यले विश्वव्यापी रूपमा विद्युतीय सवारी प्रवद्र्धनसँगै खेलकुद क्षेत्रमा दिगो ऊर्जा प्रयोगको सन्देश अझ सशक्त रूपमा प्रवाह गर्ने अपेक्षा गरिएको छ।

यसअघि पनि बीवाईडीले युईएफए युरो २०२४ र युईएफए युरोपियन अन्डर–२१ च्याम्पियनसिप २०२५ को अफिसियल स्पोन्सरको भूमिका निर्वाह गरिसकेको छ।

सम्बन्धित समाचारहरू

काठमाडौं आईपुग्यो ग्यालेक्सी ई५, अर्को हप्ता लन्च हुने

काठमाडौं आईपुग्यो ग्यालेक्सी ई५, अर्को हप्ता लन्च हुने

काठमाडौं–जिलीको प्रतिक्षित बिद्युतिय एसयुभी ग्यालेक्सी ई५ काठमाडौं...

आफ्नै ईभी प्रविधि बिकास गरेर चीन माथिको निर्भरता कम गर्दै भारत, १४ हजार करोड अनुदान दिने

आफ्नै ईभी प्रविधि बिकास गरेर चीन माथिको निर्भरता कम गर्दै भारत, १४ हजार करोड अनुदान दिने

भारत सरकारले आफ्नो आत्मनिर्भर पहलको एक भागको रूपमा ब्याट्री प्रविधि, पावर...

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा परिचित एमएडब्ल्यु ग्रुपले विश्वकै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...